© २०२३
दाङ, ६ जेठ । नेकपा एमाले दाङको अधिवेशनमा पार्टी महासचिव शंकर पोखरेलका बहिनी ज्वाई शिवकुमार आचार्यलाई अध्यक्षमा सर्वसम्मत गराउन प्रस्ताव गरिएको छ । पुर्व प्रदेश कमिटी सदस्य आचार्य महासचिव पोखरेलकी बहिनी एवं समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनेकी मेनका पोखरेलका श्रीमान् हुन् ।
दाङ महासचिव पोखरेलको गृह जिल्ला हो । उपाध्यक्षमा धुपनारायण चौधरी, सचिवमा मनोहर बुढाथोकी, उपसचिवमा मानबहादुर रावत र महिला उपसचिवमा हुमा डिसीलाई सर्वसम्मत गराउने प्रस्ताव छ ।
सर्वसम्मत नेतृत्व चयनका लागि जिल्लामा रहेका पोलिटब्युरो देखि केन्द्रीय सदस्यले कसरत गरिरहेका छन् । नेतृत्व चयनको जिम्मा पोलिटब्युरो सदस्य नरूलाल चौधरी र केन्द्रीय सदस्य घनश्याम पाण्डेलाई दिइएको छ । उनीहरूले पदाधिकारीको खाका बनाएर महासचिव पोखरेललाई बुझाएका छन् । यसमा सबै केन्द्रीय सदस्यले सहमति जनाएका छन् ।
तर, सचिवमा प्रस्तावित बुढाथोकीले अध्यक्ष नछाड्ने अडानमा छन् । यदि बुढाथोकीले अध्यक्ष नछाडेमा उनीसँग वर्तमान अध्यक्ष हुकुम बस्नेतलाई चुनाव लडाउने तयारी गरिएको छ। अधिवेशनमा ८ सय प्रतिनिधि सहभागी छन् । अधिवेशनको उद्घाटन महासचिव पोखरेलले गरेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी