© २०२३
बुटवल, ४ जेठ । बुटवलमा जारी उजिरसिह वडा कप २०८१ अन्तरगत शुक्रबार भएको खेलमा वडा नं ३ र वडा नं. १ विजयी हुदै अन्तिम चारमा स्थान बनाएका छन । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बुटवल क्रिकेट विकास समितिको आयोजनामा भएको पहिलो खेलमा वडा नं. ३ ले वडा नं. २ लाई ८१ रन तथा दोस्रो खेलमा वडा नं. १ ले वडा नं. ७ लाई ५ रनले पराजित गरेको हो ।
नहरपुर माबिस्थित मैदानमा भएको खेलमा टस जितेर वडा नं. ३ ले निर्धारित १६ ओभरमा १५९ रनको योगफल तयार गरेको थियो । उसका लागि सुरज सारुले ३४ बलमा ५७ रनको अर्धसतकिय तथा प्रशान्त बरालले १९ बलमा २८ रनको योगदान दिए । वडा नं. २ का बिनोद रणपाल, झपेन्द्र पौडेल र मदन घिमिरेले समान २—२ बिकेट लिए । वडा नं. २ भने ११.५ ओभरमा केवल ७८ रनमा समेटियो । उसका लागि सुनिल गुरुङले २८ बलमा ३४ तथा मधु पन्थीले १० बलमा १० रनको योगदान दिए । कम स्कोरमा रोक्न वडा नं. ३ का सगुन केसी ३ तथा प्रदिप भण्डारीले २ बिकेट लिए । खेलमा वडा नं ३ का सुरज सारु प्लयेर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो खेलमा टस जितेर वडा नं. १ ले निर्धारित १६ ओभरमा ७ बिकेट गुमाएर ११५ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि आरिफ शेखले ३३ बलमा ४५ तथा सुरज बज्राचार्र्यले २३ बलमा १९ रन बनाए । वडा नं. ७ का अनुप पाण्डेले ३ तथा सुनिल सोमईले २ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको वडा नं. ७ का ब्याट्सम्यानहरु ११० रनमा समेटियो । उसका लागि विशेष खत्रीले १५ बलमा २९ र अनुप राईले ३० बलमा ४५ रनको योगदान दिए । वडा नं. १ का आजाद अहमदले ५ तथा अजय चौधरीले २ बिकेट लिए । वडा नं. १ का आजाद प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । शनिबार दुई क्वाटरफाईनल खेलमा वडा नं. १० र १४ तथा वडा नं. ११ र वडा नं. १३ का बिचमा खेल हुने समितिका अध्यक्ष रोमित बज्राचार्यले बताए ।