© २०२३
काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सांसदले संसदमा उत्ताउलो व्यवहार देखाएको आरोप लगाएका छन्। शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बाहिरिने क्रममा सिंहदरबारमा सो कुरा बताएका हुन्। उनलाई सञ्चारकर्मीले हिजोको घटनालाई कसरी हेर्नुभयो? भनेर सोधेका थिए।
जवाफमा ओलीले भने, ‘कसरी हेर्नुपर्ला त्यस्तो घटनालाई ।’ उनलाई खास भएको के हो भनेर सोधियो।
ओलीले जवाफ दिँदै भने, ‘भिडन्त भएन, कांग्रेसले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रोभित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने। यो खालको सभ्य व्यवहार भएन। म आफ्नो ठाउँमा बसेको थिएँ। सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला,’ उनले भने।
बिहीबार (जेठ ३) मा बसेको संसद बैठकमा ओली र कांग्रेस सांसद समेत रहेका उपसभापति धनराज गुरुङबीच धकेलाधकेल भएको थियो।
सभामुख देवराज घिमिरेले कांग्रेसका सांसदले सहकारी बचत रकम अपचलनबारे छानवीन समिति गठनको माग गर्दै चर्को नारा लगाइरहेका बेला उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्ना दिएपछि संसदमा तनावग्रस्त हुने अवस्था बनेको थियो।