© २०२३
बुटवल, ३ जेठ । शैक्षिक परामर्श सेवा प्रदायक संस्था राइटपाथ करियर काउन्सिलिङले बुटवलमा ग्राण्ड एजुकेसन कनक्लेभ–२०२४ आयोजना गर्ने भएको छ । कक्षा १२ को परीक्षा दिएर बसेका तथा विदेश पढ्न जाने सोच भएका विद्यार्थीहरुका लागि राइटपाथले जेठ ५ गते शनिबार बुटवलमा उक्त कनक्लेभ आयोजना गरेको हो । बुटवल शाखाका प्रबन्ध निर्देशक जीडि शिखरले रुपन्देही र आसपासका विद्यार्थीहरुलाई युके, युएसए, अष्ट्रेलिया तथा क्यानडा अध्ययनका लागि त्यहाँ रहेका कलेज, युनिभर्सिटी तथा शैक्षिक संस्थाबारे जानकारी गराउने उद्देश्यले कनक्लेभ आयोजना गर्न लागिएको जानकारी दिए । कार्यक्रमले विद्यार्थी तथा अभिभावकहरूमा पछिल्लो समय वैदेशिक शिक्षा सम्बन्धी रहेका विभिन्न जिज्ञासा समाधान गर्न सहयोग मिल्ने बताए ।
एमडी शिखरका अनुसार कनक्लेभमा ४ वटा देशका ख्यातिप्राप्त विभिन्न विश्वविद्यालयका २० भन्दा बढी प्रतिनिधिहरु आउँदैछन् । भर्खरै प्लस टुको परीक्षा सक्किएकाले पनि धेरै विद्यार्थीहरुका लागि यो कार्यक्रम लाभदायी हुने उनले बताएका छन् ।
बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म सञ्चालनमा हुने कन्क्लेभमा एक हजार बढी विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको उनले बताए । कन्क्लेभमा सहभागी हुने विद्यार्थीहरुलाई एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत छुट अफर रहेको र फ्रि मुभी टिकेट तथा गिफ्ट ह्याम्परहरुको पनि व्यवस्था गरिएको उनले बताए ।
यो कार्यक्रमका लागि गायिका अन्जु पन्त र २०१६ की मिस नेपाल अस्मी श्रेष्ठ पनि बुटवल आउँदैछन् ।