ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

३ जेष्ठ २०८१, बिहीबार
३ जेष्ठ २०८१, बिहीबार

लमही, ३ जेठ ।

लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे (युएसजी) मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको छ । लुम्विनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अत्याधुनिक सुविधायुक्त भिडियो एक्सरे मेसिन प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो ।

विहीवार एक कार्यक्रमका विच प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र पुनले प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, रजिष्ट्रार प्राध्यापक श्याम लम्साललाई मेसिन हस्तान्तरण गरेका हुन् । मन्त्री पुनले नै मेसिनको रिवन काटेर उद्घाटन गरेका हुन् ।

मन्त्री पुनले अस्पतालको ओपिडी, इमरजेन्सी, सर्जरी लगायत विभिन्न विभागहरुको समेत स्थलगत अवलोकन गरेका छन् । अवलोकनपछि प्रतिष्ठानमा आयोजित कार्यक्रममा वोल्दै मन्त्री पुनले प्रदेश सरकारको तर्फवाट सुविधा सम्पन्न भिडियो एक्सरे प्रतिष्ठानलाई प्रदान गरेको भन्दै अस्पतालको सेवालाई चुस्तदुरुस्त र विरामीमैत्री बनाउन आग्रह गरे । प्रतिष्ठान प्रदेशकै गौरवको आयोजना भएको भन्दै उनले पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा दाङलाई हव बनाउन सबैले सहयोग गर्नुपर्ने बताए ।

यो प्रदेशमा सरकारी मेडिकल कलेजका रुपमा प्रतिष्ठान रहेकाले यसको विकासका लागि प्रदेश सरकारले सबैखाले सहयोग गर्ने प्रतिवद्धता गरे । उनले प्रतिष्ठानले एमडी पढाई सुुरु गरिसकेको र एमविविएसको पढाई पनि सुरु गर्ने गरी आफ्नो तर्फवाट तयारी तीव्र पारेकाले यसमा पनि प्रदेश सरकारले ल्याव बनाउनेदेखि पूर्वाधारमा केन्द्र सरकारसंग पनि समन्वय गर्ने कुरामा आस्वस्त पारे ।

त्यस्तै मन्त्री पुनले एमविविएसको आवश्यक तयारीको लागि जिल्ला जनस्वास्थ्य कार्यालयको भवनलाई प्रयोगमा ल्याउन मन्त्रीस्तरीय निर्णय पनि गरिएको जानकारी दिए । जनस्वास्थ्य र प्रतिष्ठानको आपसी समझदारीमा भवनको प्रयोग गर्ने गरी ब्यवस्था मिलाइएको उल्लेख गर्दै उनले अन्यत्र स्थानमा जनस्वास्थ्यको भवन बनाउन आवश्यक बजेट विनियोजन गरिने र भवन निर्माण भएपछि आफ्नो कार्यालयमा जनस्वास्थ्य सरेपछि प्रतिष्ठानले सबै भवन प्रयोग गर्ने बताए । फिलिप्स कम्पनीको नयाँ भिडियो एक्सरे मेसिनवाट फोरडी इमेज, कलेजो स्पष्टसहित देखिने र वच्चाहरुको विभिन्न अंगहरु पनि सजिलै देख्न सकिने प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराइले बताए ।

प्रतिष्ठानमा नयाँ भिडियो एक्सरे थपिएसँगै यसको संख्या २ पुगेको छ । भिडियो एक्सरे गर्ने रेडियोलोजिष्ट चिकित्सकहरुको संख्या ३ पुगेको छ । सो अवसरमा प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कंडेलले प्रतिष्ठानको विस्तारित सेवाको वारेमा जानकारी गराएका थिए । प्रतिष्ठानमा सिटि स्क्यान, आइसियु, एमआरआई, एनआइसियु, पिआइसियु जस्ता महत्वपूर्ण सेवाहरुसंगै चिकित्सकहरु पनि थपिदै गएकाले अव सामान्य उपचारका लागि जिल्ला वाहिर यस क्षेत्रका जनताहरु जाग्नु पर्ने बताए । प्रतिष्ठाका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले प्रतिष्ठानको सेवालाई मजवुत बनाउदै शैक्षिक कार्यक्रमलाई पनि अघि बढाइ रहेको बताए । उनले विएनएस र विएसस्सी नर्सिङ, डाक्टरको स्नाकोत्तर तह (एमडी) को पढाई सुरु गरेर शैक्षिक कार्यक्रमको सुरुवात गरिएको चर्चा गर्दै आवश्यक बजेट प्रतिष्ठानले पाएमा एमविविएसको पढाई सुरु गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?