© २०२३
काठमाडौं,३ जेठ । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ ।
सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो । दलहरुबीच सहमति नभई सभामुखले लामिछानेलाई बोल्न दिएको भन्दै कांग्रेस सांसदहरुले गृहमन्त्रीलाई रोष्ट्रममा जान नदिन बाटो छेकेर नाराबाजी गरेपछि नेकपा एमालेका अध्यक्ष केपी ओली नै उठेर लामिछानेलाई रोष्ट्रममा जाने बाटो खोल्न आए ।
ओली उठेपछि एमालेका अरु सांसद पनि उठेर लामिछानेलाई रोष्ट्रममा पठाउन जोडबल गरे । यसले संसदमै मुठभेडको अवस्था भएपछि संसद बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।