© २०२३
काठमाडौं,३ जेठ । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गर्ने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार नभएको भन्दै कांग्रेसले अवरोध जारी राख्ने बताएको हो ।
बिहीबार बसेको कांग्रेस शीर्ष नेताको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले सहकारी ठगीको मूल समस्या छाडेर घटनालाई अन्यत्र मोड्ने हिसाबले मात्र समिति गठन गर्न खोजेको आरोप लगाए ।
मुख्य विषय ओझेलमा पारेर हुने छानबिन आफूहरुलाई स्वीकार्य नहुने उनले बताए । प्रतिनिधिसभा बैठकअघि बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा कांग्रेसका शीर्ष नेताबीच छलफल भएको थियो ।
छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री जीवन परियार, प्रवक्ता प्रकाशशरण महत, संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलगायत सहभागी थिए । कांग्रेसको निर्णयपछि संसद वैठक अन्योलमा परेको छ । कांग्रेसले आजको राष्ट्रिय सभा वैठकमा पनि अवरोध गरेपछि वैठक स्थगित भएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी