© २०२३
बुटवल ।
कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश सभा १ मा पुन मतगणनाको माग गर्दै दायर गरिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत उक्त क्षेत्रमा निर्वाचन परिणामलाई लिएर लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्रले मतगणना कार्यमा धाँधली गरी आफुलाई ५ मतले हराइएको आरोप लगाउँदै पुनः मतगणनाको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए । उक्त निवेदन सम्बन्धमा पुन मतगणना नगर्ने भनी निर्वाचन अधिकृत प्रकाश मरासिनीले गरेको निर्णय उपर २०७९ मंसिर १८ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको थियो ।
दायर रिटमाथि सुनुवाई गर्दै प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ नेतृत्वको पूर्ण संवैधानिक इजलासले रीट निवेदन खारेज गर्दै निर्वाचन अधिकृत प्रकाश मरासिनीको निर्णयलाई नै सदर गरेको हो ।