© २०२३
बुटवल, ३ जेठ । रुपन्देहीको बुटवल नयाँगाँउमा प्रथम साँस्कृतिक रमाइलो मेला २०८१ आजदेखि शुरु हुने भएको छ । नयाँगाउ चोकदेखि उत्तरतर्फ खेतमा साँझदेखि राति १० बजेसम्म लाग्ने मेलाको तयारी पुरा भएको आयोजकले बताएका छन् । फर्वाड नेपाल मल्टिपर्पोज कम्पनीको आयोजनामा हुने मेला बिहीबारदेखि १६ दिनसम्म चल्ने आयोजक संस्थाका गोबिन्द भुसालले बताए । अपरान्ह चार बजेदेखि राती १० बजेसम्म लाग्ने मेलामा ५० बढी स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने मेला आयोजक मुल समितिका संयोजक भुसालले जानकारी दिए ।
मेलामा विभिन्न प्रकृतिका २५ स्टलहरु राखिने उनले बताए । झण्डै ४४ लाख खर्च लाग्ने अनुमान गरिएको मेलाको ५० हजार दर्शकले अवलोकन गर्ने संयोजक भुसालले जानकारी दिए । मेलामा रेष्टुरेन्ट, खाद्यान्न, गार्मेन्ट लगायतका स्टल र बाल उद्यान समेत राखिने छ । मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय र विद्यार्थीका लागि ७० रुपैया प्रवेश शुल्क राखिएको उनले जानकारी दिए ।
मेलालाई उपकार आमा समुह नयाँगाउँ, संगम टोल विकास संस्था लगायतले सहयोग गरेका छन् भने सह–आयोजकमा बुटवल उपमहानगरपालिका १२ र १३ वडा कार्यालय रहेका छन् । मेलामा स्थानीय कलाकारसँगै बद्री पंगेनी, ज्योति मगर, प्रिती आले, प्रकाश दुतराज, धुर्मस सुन्तली, पल शाह लगायतले प्रस्तुति दिने आयोजकको दावी छ । डान्स आइडलमा प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीयलाई १० हजार पुरस्कार प्रदान गर्ने अध्यक्ष भुसालले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी