© २०२३
काठमाडौँ ।
गएराति पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा एक जना बालकसहित २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्।
गएराति नवलपरासी पूर्वको अरुणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका-४ तर्फ जाँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनामा निस्दी गाउँपालिका-४ का ६ वर्षीय बालक राजीव सुनारी र सोही ठाउँमा २० वर्षीय तेजन सोमैको मृत्यु भएको डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए।
‘घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। दुर्घटनामा जिपका चालक पनि घाइते भएका छन्,’ डीएसपी श्रेष्ठले भने, ‘गम्भीर घाइतेलाई उपचारको लागि अन्यत्र रेफर गरिएको छ। अधिकांश घाएत्का् नवलपरासीको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ।