© २०२३
बुटवल, २ जेठ । बुटवलमा जारी उजिरसिह वडा कप २०८१ अन्तरगत बुधबार भएको खेलमा वडा नं ११ र वडा नं. १० विजयी भएका छन । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बुटवल क्रिकेट विकास समितिको आयोजनामा भएको पहिलो खेलमा वडा नं. ११ ले वडा नं. १५ लाई ७ विकेट तथा दोस्रो खेलमा वडा नं. १० ले वडा नं. १८ लाई ७ बिकेटले पराजित गरेको हो ।
नहरपुर माबिस्थित मैदानमा भएको खेलमा टस जितेर वडा नं. १५ ले १५.५ ओभरमा ८९ रनमा समेटियो । यसका लागि रोशन थापाले ३० बलमा ३० तथा अरुण कठरियाले १३ बलमा १८ रनको योगदान दिए । वडा नं. ११ का बिशाल भुषाल र अमृत भण्डारीले समान २—२ बिकेट लिए । वडा नं. ११ ले ११.३ ओभरमा ३ बिकेटको नोक्सानीमा लक्ष्य भेटायो । वडा नं. ११ का लागि प्रकाश गिरीले १६ बलमा ३९ तथा दिप्सन क्षेत्रीले १५ बलमा १९ रनको योगदान दिए । वडा नं. १५ का कृष्ण उपाध्याय र अरुणले समान १—१ बिकेट लिए ।
यसैगरि दोस्रो खेलमा टस जितेर वडा नं. १८ ले १५.२ ओभरमा सबै बिकेट गुमाएर ७९ रन तयार गरेको थियो । उसका लागि अचित सुवेदीले ३२ बलमा ५३ रनको अर्धसतकिय पारी खेले । यसैगरि अप्सन भण्डारीले १८ बलमा १० रन बनाए । वडा नं. १० अभिषेक ठाकुर र गजेन्द्र गुरुङले समान २—२ बिकेट लिए । कम स्कोरलाई वडा नं. १० ले १२.३ ओभरमा ३ बिकेटको नोक्सानीमा जित निकाल्यो । उसका लागि सुजित श्रेष्ठले ३२ बलमा ३६ तथा सुर्य गौडले ७ बलमा १७ रन जोडे । वडा नं. १८ का अर्दशन खनाल र राजेन्द्र पुलामीले समान १—१ बिकेट लिए ।