© २०२३
भैरहवा, २ जेठ । एकल महिला (भैरहवा ५३) लाई बलात्कार आरोपी सिद्धार्थ गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको छ । साढे ३ बर्षदेखि ती महिलालाइृ साथी बनाएर अश्लील भिडियो बनाई त्यसलाई सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरी पटक पटक बलात्कार र ५ करोड रुपैया समेत लगेको महिलाको दावी थियो । २५ दिनदेखि प्रहरी हिरासतमा रहेका उनलाई आज जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
आज भएको थुनछेक बहसमा इजालास नं ४ का न्यायाधीश बशिष्ठ कुमार घिमिरेको एकल इजलासले गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदातल रुपन्देहीले जनाएको छ ।
काठमान्डौको होप फर्टिलिटी सेन्टरमा सिद्धार्थ र पीडित महिला श्रीमान श्रीमतिको रुपमा सँगै गई सिद्धार्थको शुक्रकिट समेत चेकजाँच गराएको कागजात समेत प्राप्त भएका आधारमा पीडक गुरुङलाई अदालतले सजायको लागि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी