Butwal Today

भोलिबाट  कांग्रेसलाई संसदमा बोल्न दिइन्न : ओली

२ जेष्ठ २०८१, बुधबार
अ+
अ-

काठमाडौं,२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदलाई संसदमा बोल्न नदिने बताएका छन्।
एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै कांग्रेससँग लत्रिनुपर्ने कुनै कारण नभएको बताए।

भोलिबाट कांग्रेस मात्रै बोल्ने अरू नबोल्ने, कांग्रेसले अरूले नजानेको जस्तो नारा लगाउने चल्दैन , कांग्रेस संवाद गर्ने भन्दा मुख छाड्नेतिर लागेको छ भन्दै ओलीले अब कांग्रेसलाई पहिला बोल्न नदिने भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिए आफूहरूले बोल्ने बताए। उनले सदनमा भोलिदेखि आफूहरूले बहस गर्न पाउनुपर्ने बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?