ट्रेंडिंग:

>> मालपोतको ५ हजार घुस, लेखन्दासले पारे फास्फुस ! >> लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणः दैनिक २१० जना कामदार काममा >> माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत आज समापन गरिँदै >> देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी तीन प्रदेशमा हिमपातको सम्भावना >> प्रथम सहिद लखनको स्मृतिमा फुटबल प्रतियोगिता हुने >> कपिलवस्तुमा लागूऔषधसहित २ जना पक्राउ >> विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गर्दै प्रधानमन्त्रीलाई  ज्ञापन–पत्र   >> बाल्टीमा डुबेर एक बर्षीय बालकको मृत्यु >> मानव कल्याण समाज दाङको आयोजना  ज्ञान  विज्ञान महायज्ञको आय व्यय सार्वजनिक  >> वेष्टर्न रुपन्देही सुपर लिग च्याम्पियन >> उप सम्पादक खनाललाई उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार प्रदान >> स्थानीय तहमा पुग्दै हुलाक कार्यालय, खुम्चिदै सेवा >> लखन कपमा सम्पूर्ण युवा क्लब विजयी >> अन्ततः गायिका एलिना चौहानले गरिन सबन्धबिच्छेद >> भूमि सम्बन्धीबाहेक अन्य ५ अध्यादेशको पक्षमा मतदान गर्न सकिने जसपा नेपालको निर्णय >> पर्सामा भारतीय नागरिकको हत्या आशंका >> लगातार ५ दिनसम्म घटेको शेयर बजारमा आज हरियाली >> स्थानीय तहका कर्मचारीले कर्णाली सरकारलाई दिए चार दिनको अल्टिमेटम >> अमेरिकामा विमान दुर्घटनामा वृद्धि, स्कट्सडेलमा दुई विमान ठोकिए >> संसद बैठक १५ मिनेटका लागि स्थगित >> सेवाग्राही विदेश गएपछि बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किए >> ५५ किलो गाँजा, १३ किलो अफिम, १ लाख बढी रुपैयाँ बरामद >> जसपा नेपालले भुमी सबन्धी अध्यादेशको बिपक्षमा मतदान गर्ने >> निर्देशक एट्लीले सलमान खानसँग ५०० करोडको फिल्म बनाउँदै >> दाङमा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु >> रुकुम पश्चिममा जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा >> बुधबार रानीमहलमा अन्तर-प्रदेश बैठक >> लखन कपमा द एक्स विजयी >> अमेरिकामा फेरी ठोक्किए दुइ बिमान, १० दिनमा अमेरिकामा चौथों बिमान दुर्घटना >> सुन तोलाको ६ सय रूपैयाँले बढयो >> सामाजिक सञ्जाल विधेयक फिर्ता लिन सुमना श्रेष्ठको माग >> सडक दुर्घटनाका कारण र समाधानका उपाय >> विश्व सुरक्षित इन्टरनेट दिवस,प्रविधिको दुरुपयोगले बढाउँदै विकृति >> विद्युतको तार सर्ट हुँदा आगलागी, लाखौंको क्षति >> दाताले हात झिक्दा थलामा सशक्तिकरण कार्यक्रम >> बिपद प्राधिकरणको सिईयो नियुक्तिमा बिज्ञतालाई ध्यान दिन सरोकारवालाको जोड >> प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ? >> माओवादी घटकहरूबीच एकता हुँदै : कृष्णबहादुर महरा >> ३ प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना >> लुम्बिनी च्याम्पियनसिप फुटबलमा एसएसएफएको विजयी शुरुवात >> छविलाल बन्जाडे जोसीलाई  पुर्पक्षका लागि थुनामा पठाउने आदेश  >> अवरुद्ध घोराही तुलसीपुर सडक खुल्यो >> यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि सञ्चारकर्मी कार्यशाला >> मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित >> थ्री बाई थ्री एनबिसी बास्केटबल सुरु >> स्वर्गिय रबि गौतमको स्मृतिमा रक्तदान >> राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयोः रास्वपा सांसद श्रेष्ठ >> भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी सामानमा भन्सार महसुल घटाउने तयारी  >> प्रधानमन्त्री ओली संविधान खारेज गर्ने पक्षमा रहेको प्रचण्डको आरोप >> अख्तियारको ३४ औं स्थापना दिवसमा मुख्यमन्त्री आचार्य : भ्रष्टाचार अन्त्यका लागि शून्य सहनशीलताको नीति

मगर महिला संघ लुम्बिनीद्वारा डा. महावीर पुनलाई ८ लाख ५३ हजार हस्तान्तरण

१ जेष्ठ २०८१, मंगलवार
१ जेष्ठ २०८१, मंगलवार

बुटवल, १ जेठ ।

नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश समितिले वैज्ञानिक डा. महावीर पुनलाई ८ लाख ५३ हजार ७५० रूपियाँ हस्तान्तरण गरेको छ ।

विरगंज स्थित कृषि औजार कारखाना सञ्चालनका लागि सहयोग रकम जुटाउने उद्देश्यले वैज्ञानिक पुनद्वारा लिखित किताब बिक्री वितरणबाट प्राप्त भएको सो रकम मंगलबार रूपन्देहीको योगिकुटीमा आयोजित एक कार्यक्रमकाबिच हस्तान्तरण गरिएको हो ।

सो अवसरमा नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश अध्यक्ष केशरी तरामुले संघको प्रदेश समिति मार्फत बिक्री भएको ७ लाख ५३ हजार ७५० रूपियाँ र जिल्ला अध्यक्ष निर्मला थापाले एक लाख रूपियाँ वैज्ञानिक पुनलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वैज्ञानिक पुनले सरकार र राष्ट्रिय आविष्कार केन्द्रबिच बन्द अवस्थामा रहेको बिरगंजको कृषि औजार कारखाना सञ्चालन गर्ने सम्झौतापछि ११ महिना लगाएर मर्मत सम्भार गरेर सञ्चालन योग्य बनाए पनि उत्पादनका लागि सरकारले रकम उपलब्ध नगराएपछि किताब प्रकाशित गर्ने र किताब बिक्री वितरणबाट रकम जुटाउने अभियानमा लागेको जानकारी गराए ।

यो किताब किनेर सिरानमा राख्ने नभई आफुले पढेर अरूलाई पनि पढ्न लगाउन आग्रह । कृषि औजार कारखाना सञ्चालनका लागि सहयोग रकम जुटाउनुका अलावा युवाहरूमा देशका लागि केही गरौे भन्ने भावनाको विकास गराउने उद्देश्यले पनि किताब प्रकाशित गरिएको उनले बताए ।

किताब पढेपछि युवाहरूमा केही गर्नका लागि संघर्ष गर्नुपर्छ भन्ने भावनाको विकास हुने विश्वास ब्यक्त गर्दै पुनले आफुले किताब किनि अरूलाई पनि किताब किन्न लगाउन आग्रह गरे ।

अभियान सञ्चालन गरेको १११ औं दिनमा तीन प्रदेशका २८ जिल्लासम्म आइपुग्दा हालसम्म ८८ हजार बढी किताब बिक्री भएको बताउँदै उनले तत्कालका लागि साना साना किसानलाई काम लाग्ने खालका र बलियो औजार बनाउने तयारी भइरहेको जानकारी गराए ।

आफुहरू किताब बिक्री वितरण अभियानमा लागे पनि अन्य टोली कस्ता औजार बनाउने भन्ने बिषयमा अनुसन्धानमा जुटेको उनले बताए ।

कार्यक्रममा ब्यक्तिगत रूपमै एक लाख मुल्य बराबरको किताब किनेर सहयोग गरेका राष्ट्रिय जनमुक्ति पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरूङले वैज्ञानिक डा. महावीर पुन देशकै गहना भएको भन्दै उनको अभियानमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश अध्यक्ष तरामुले रूपन्देही जिल्लामा मात्रै हालसम्म १२ हजार ७०४ किताब बिक्री वितरण भई ९५ लाख २८ हजार रूपयाँ संकलन भएको जानकारी गराउँदै रूपन्देहीबाटै एक करोडको किताब बिक्री हुने विश्वास ब्यक्त गरिन् ।

अभियानको सुरुमा रूपन्देहीमा १० हजार किताब बिक्री गर्ने लक्ष्य लिएकोमा हालसम्म १२ हजार ७०४ किताब बिक्री भइसकेको भन्दै उनले यस्तै क्रम जारी रहे रूपन्देहीबाट एक करोडको किताब बिक्री हुने विश्वास ब्यक्त गरिन् ।

नेपाल मगर महिला संघ तिलोत्तमाकि अध्यक्ष राधिका श्रीसले आज बुटवल उपमहानगरपालिका वडा नं १५ को सेमलार, बुटवकै हिलपार्कमा किताब बिक्री वितरण गरी वैज्ञानिक डा महावीर पुन आजै रूपन्देहीको देवदह गएको जानकारी दिइन् । कार्यक्रममा ४÷९ जिआरका पुर्व सैनिकहरूले २५ थान किताब खरिद गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?