© २०२३
बुटवल,१ जेठ । बेलबास–बेथरी सडक निर्माण अलपत्र परेपछि छिटो पूरा गराउन दबाव दिन गठित संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी र प्रदेश सरकार अन्तर्गतको सडक विकास पुर्वाधार कार्यालयलाई ज्ञापनपत्र बुझाउंदै हालको ठेक्का रद्द गरी नयां ठेक्का लगाउन माग गरेका छन् ।
संघर्ष समितिका संयोजक विजय ढकालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले दुबै कार्यालयमा ज्ञापनपत्र बुझाउंदै सडक समयमा पूरा नहुंदा खाल्डाखुल्डी र दुर्घटनामा परेर ४ जनाको ज्यान नै गएकाले तत्काल सडक पूरा गराउन माग गरेका हुन् ।
बुटवलको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्म २१ किलोमिटर सडक विस्तारका लागि २०७३ सालबाट ठेक्का सम्झौता भई काम सुरु भए पनि बेताहानीदेखि नहरपुरसम्मको खण्डको सडक पीच भएको छैन ।
चार लेन सडक निर्माणका लागि तीन प्याकेजमा गरी एक अर्ब ६७ करोडमा ठेक्का सम्झौता भएको हो । दक्षिणतर्फका दुई वटा प्याकेजको काम सम्पन्न भइसकेको तर, उत्तरतर्फको खण्ड अझै पूरा हुन नसक्दा धुलो र हिलोले दुर्घटनाको जोखिम बढेको र सवारी साधन चलाउन कठिन भएको संघर्ष समिति संयोजक ढकालले बताए ।
२०७६ असार मसान्तसम्म सम्पन्न गर्नेगरी बुटवल–बेतानी साढे ८ किलोमिटर प्याकेजको निर्माण गर्ने ठेक्का बज्रगुरु कान्छाराम जेभीले लिएको थियो । तर उसले विगत ४ वर्षदेखी ठेक्का सम्झौता लगातार थप्ने काम मात्र भएको, ठेकेदार कम्पनीले अत्याधिक लापरवाही र खेलवाड गर्दा धुँवा, धुलो तथा वातावरण प्रदुषणले व्यापारी, स्कुले विद्यार्थी, बाटोमा हिंड्ने र गुड्ने सबैलाई आक्रान्त पारेको हुंदा कालोसूचिमा पारी नयां ठेकेदारलाई जिम्मा दिन माग गरिएको छ । संघर्ष समिति मार्फत प्रथम चरणका कार्यक्रम सम्पन्न भएको अन्य विभिन्न चरणका कार्यक्रम गर्न बाध्य हुने अर्का युवा गणेश दाहालले बताए । ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र सडक विकास कार्यालयका प्रमुख लालु गिरीले संघर्ष समितिका माग जायज भएको भन्दै माग सम्बोधन गर्न र समस्या समाधानमा आफूहरुले सक्दो पहल गर्ने बताएका संघर्ष समितिका संयोजक ढकालले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी