ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

‘रुपन्देही खेलकुद हब हो ।’ — अध्यक्ष आचार्य

बालबालिकादेखि जेष्ठ नागरिकलाई खेलकुदमा जोड्ने गरि हाफ म्याराथन तथा रोड रेस गर्न लागेको एकेडेमीका अध्यक्ष आचार्यको दाबी ।
१ जेष्ठ २०८१, मंगलवार
१ जेष्ठ २०८१, मंगलवार

बुटवल, १ जेठ । देशका आर्थिक विकासको मेरुदण्ड खेल पर्यटन बन्न सक्ने सम्भावनालाई मध्येनजर गरि खेल प्रवद्र्धनमा लागेको मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले दाबी गरेका छन । वर्षभरि नै विविध खेलकुद प्रतियोगिता गरि खेल र खेलाडीको विकासमा आफु निरन्तर लागेको उनले बताए । फुटबल, क्रिकेट, भलिबलदेखि अन्य धेरै खेलका राष्ट्रिय खेलाडी उत्पादन गरेको रुपन्देही खेलकुदको उर्वरभुमी भएको भन्दै उनले खेलकुद हबका रुपमा रुपन्देही रहेको बताए । स्वर्गिय जननेता मदन भण्डारीको ३१ औ स्मृति दिवसको अवसर पारेर विहिबार बुटवलमा हुन लागेको हाफ म्याराथन तथा रोड रेसको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले खेलाडीलाई ब्यवसायीक र खेललाई ब्यापक रुपमा प्रचारप्रसार गर्ने गरि संस्थागत रुपमा काम गरेको बताए ।

रुपन्देहीमा खेलकुद पूर्वाधारलाई दीर्घकालिन सोचका साथ अगाडी बढाउनुपर्ने उनले सुझाव दिए । बहुआयामिक क्षेत्रसंग खेलकुद जोडिएको भन्दै उनले यसलाई साहसिक पर्यटनको माध्यमबाट देशको आर्थिक समृद्धि गर्न सकिने सम्भावना रहेको बताए । हाफ म्याराथन २१ किलोमिटर (खुल्ला पुरुष), दौड १० किलोमिटर कलेज स्तरीय पुरुष, ५ किलोमिटर विद्यालयस्तर छात्र तथा ३ किलोमिटर दौड छात्रा र १ सय मिटर दौड छात्रछात्रा हुने छ । जेष्ठ नागरिकहरुलाई लक्षित गरि वाकाथन समेत हुने उनले बताए । लुम्बिनीमा यसअघि म्याराथन आयोजना गरेको भन्दै उनले यो दोस्रो भएको बताए ।

प्रतियोगिता संयोजक तथा एकेडेमीका एथ्लेटिक्स विभाग प्रमुख मोहन बहादुर घलेले हाफ म्याराथन र रोड रेसको तयारीबारे प्रकाश पार्दै विजेता खेलाडी घोषणाका पारदर्शी गर्ने हुने गरि ब्यवस्थापन भएको बताए । प्रतियोगिताको पाच ईभेन्टमा सहभागीहरुमध्येबाट आठौ स्थानसम्मका खेलाडीलाई साईक्लिस्टबाट स्कटको ब्यवस्था गरिएको उनले बताए । बुटवल युनाईटेड साईक्लिङ क्लब, सैनामैना साईकल साथी, बुटवल साईक्लिङ ग्रुप, तिनाउ साईक्लिङ क्लब, ह्याप्पी साईक्लिङ क्लब लगायतका रुपन्देही जिल्लाका साइक्लिष्टरुबाट समन्वय भएको उनले बताए । प्रतियोगिताको खुला पुरुष हाफ म्याराथनको उपाधि विजेताले नगद १ लाख, उपविजेताले ७५ हजारसहित तृतिय ५० हजार, चौथौ ३० हजार, पाचौ २० हजार, छैटौ १० हजार रुपैया पुरस्कार राशी रहेको छ ।

यसैगरि कलेजस्तरीय १० किलोमिटर (छात्र) दौडमा प्रथम, द्धितिय, तृतिय गरि क्रमश छैटौसम्म ३५, २५, १५, १०, ७ र ५ हजार रुपैया पुरस्कार रहेको छ । यसैगरि विद्यालय छात्रामा प्रथम देखि छैटौसम्म क्रमश २० हजार, १५ हजार, १२ हजार, १० हजार, ७ हजार र ५ हजार रहेको छ । छात्रा ३ किलोमिटर दौडमा प्रथमदेखी छैटौसम्म क्रमश १५ हजार, १० हजार, ७ हजार, ५ हजार, ३ हजार र २ हजार रुपैया पुरस्कार राशी रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करीब ४० लाख रुपैया खर्च हुने आयोजकको अनुमान छ ।

स्वयंसेवक संयोजक तथा एकडेमीका केन्द्रिय सदस्य धमेन्द्र शाक्यले हजारौ मास सहभागी हुने अनुमान रहेको कार्यक्रममा स्टेज, वाटर पोईन्ट र टर्निङ पोईन्टहरुमा आवश्यक ब्यवस्थापनका लागि सुरक्षा निकायसंग समन्वय गरि करीब ५० जना खटिने बताए । म्याराथनका खेलाडीहरुको बुधबार कालिका मानवज्ञान माबिमा स्वस्थ्य परिक्षण गरिने कार्यक्रम तय भएको उनले बताए ।

कार्यक्रममा पुर्व सभासद तथा एकेडेमीको सल्लाहकार मोहन रेग्मी, प्रेस सल्लाहकार अमृता अनमोलले खेलाडीहरुको मनोभावनालाई उचो बनाउने गरि देशका कुनाकाप्चामा खेलकुद गतिविधिहरु एकेडेमीबाट गर्दै आएको बताए ।

भिडियो सामग्री

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?