© २०२३
बुटवल,१ जेठ । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार राईको पासपोर्ट रोक्का गर्नको लागि विभागमा पत्राचार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
राहदानी विभागले भने अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको प्रहरीले जनाएको छ ।
राईले विभिन्न सहकारीको रकम हिनामिना गरेको भन्दै कास्की, रुपन्देहीलगायत जिल्लामा उजुरी परेको छ । राई गृहमन्त्री रवि लामिछानेका पुर्व सहकर्मी हुन् । राई र लामिछाने मिलेर ग्यालेक्सी टिभी सञ्चालन गरेका थिए । उक्त टिभीको अध्यक्ष राई र प्रबन्ध निर्देशक लामिछाने थिए । उक्त टिभीमा सहकारीको झण्डै एक अर्ब रुपैयां गएको थियो ।
सहकारी ठगीमा अभियुक्त राई मलेशियामा रहेको बताइन्छ ।