ट्रेंडिंग:

>> रुपौलिया महिला सहकारीमा बचतकर्ताको १ करोड ६० लाख बढी रकम झ्वाम >> कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदीप खड्का >> यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार >> प्रधानमन्त्रीले युरोपियन युनियनका राजदूतहरूलाई भने, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ >> ठगिनेहरुको सहारा बन्दै आप्रवासी स्रोत केन्द्र >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको सुनवाई प्रधानन्यायाधीशसहितको इजलासमा >> नेपाल महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा >> डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन >> सुनको मुल्य बढदा चाँदीको मुल्य स्थिर >> विश्वकप एसिया छनोटमा नेपाललाई युएईले दियो ११५ रनको लक्ष्य >> गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु >> आज साँझ मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्तिको सम्भावना >> दुई महिना यता इजरायलद्वारा गाजामा भिषण युद्ध, १५१ को मृत्यु >> इन्जिनमा समस्या देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण >> लुम्बिनी प्रदेश सरकारले आज ल्याउँदै नीति तथा कार्यक्रम >> महिला टी–२० विश्वकप छनोटमा आज नेपाल र यूएई खेल्दै >> विपन्न परिवारले पाए नयाँ घर >> छानबिन उपसमिति संयोजकमा खाँण >> गभर्नर नियुक्तिमा अलमल >> कहाँ पुग्यो मल कारखाना खोल्ने योजना ? >> गुल्मीदरबारमा थपिए तीन सूचक >> ‘कानूनलाई’ छल्न अंशबण्डा >> आस्थालाई ‘उद्यमको’ आश >> जुवाको खालबाट नगद सहित ९ जना पक्राउ >> ७५ वर्षीय जेष्ठ नागरिकले गरे नातिनीमाथि बलात्कार >> बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : यी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना >> चलचित्र पत्रकार संघ बाँकेद्वारा सुवेदी र गिरी सम्मानित >> नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा >> तिलोत्तमा होम्समा घरधनीलाई लालपूर्जा हस्तान्तरण >> लुम्बिनी प्रदेश सरकारको आर्थिक अनुशासनमा गम्भीर प्रश्नः बेरुजु साढे चार अर्ब नाघ्यो >> कर्णालीमा बेरुजु रकम घट्दै, चार निकायको बेरुजु शून्य >> वृहत स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न >> थोराङ्ग पास क्षेत्र सफा गर्दै सैनिक उच्चशिखर शिक्षालय कैसाड्गले मनायो ५० औं वार्षिकोत्सव >> फार्मेसीलाई औषधी ब्यवसायीको सम्मान >> देवीनगर क्रिकेट प्रिमियर लिगमा जेके वारियर्सको जित >> न्यू होराईजन विजयी शुरुवात >> प्रधानमन्त्रीद्वारा एसियाली टेनिस बिजेतालाई बधाई >> नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका दुई वटा विधेयक संसदीय समितिमा >> सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, ५ बर्ष जेल जालान त ? >> चार जनालाई ११ महिना कैद >> जनजाति भएकै कारण उपसभामुखलाई हटाउन खोजिँदैछ : सांसद सिंह >> सहकारी ठगीमा रकम फिर्ता गरे जेलमुक्ति सम्भव हुनुपर्ने सांसद आचार्यको प्रस्ताव >> सुनको मूल्य एकैदिन ६ सय रुपैयाँले घट्यो >> स्याउको मूल्य घट्यो >> एकैपटक रक्सी छाडे निम्तिन सक्छन्, यस्ता समस्या >> अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान >> तौलिहवामा यात्रुवाहक सवारी साधनको चरम लापरवाही >> नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति >> बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही >> सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय

दाङको राजपुरमा वडा सदस्यद्वारा प्रधानाध्यापकमाथि कुटपिट

१ जेष्ठ २०८१, मंगलवार
१ जेष्ठ २०८१, मंगलवार

देउखुरी, १ जेठ

दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित मावि सिक्टाका प्रधानाध्यापक बिष्णु खत्रीलाई वडा सदस्य प्रमोद बस्नेतले कुटपिट गरेका छन् ।

राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य प्रमोद बस्नेतले मावि सिक्टाका प्रधानाध्यापक विष्णु खत्री र वडाध्यक्ष पुष्कर वली सोमबार वडा कार्यालयमा शिक्षा सम्बन्धी विषयमा छलफल गरिरहेका बेला एक्कासी आफुमाथि कुटपिट गरेको प्रधानाध्यापक विष्णु खत्रीले जानकारी दिए ।

प्रधानाध्यापक खत्रीले भने,–‘विद्यालयको विषयमा वडाध्यक्षसंग छलफल भइरहेको थियोे । वडा सदस्य प्रमोद बस्नेत वडा कार्यालयमा प्रवेश गर्नुभयो । लगत्तै स्कुलमा नाम लेखाउने विषयमा किन शुल्क उठाएको प्रश्न गर्नुभयो’, उनले भने, ‘त्यसपछि मैले गाउँपालिका चारवटा शिक्षक पठाउने निर्णय भएतापनि नपठाएको र विद्यार्थीबाट शुल्क नउठाएर विद्यालय कसरी संचालन गर्ने भन्ने बित्तिकै वडा सदस्य बस्नेतले राहतको शिक्षक भएर प्रधानाध्यापक बन्ने अनि ठुला कुरा गर्ने भन्दै म माथि कुटपिट भयो ।’ उनले आँखा, टाउको र हातमा चोट लागेको जानकारी दिँदै, उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेको बताए ।

यता प्रत्यक्षदर्शी राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीले वडा सदस्यको मावि सिक्टाका प्रधानाध्यापक विष्णु खत्री र म बिच वडा कार्यालयमा शिक्षाको विषयमा छलफल भइरहेको बेला वडा सदस्य प्रमोद बस्नेतले कुटपिट गरेको जानकारी दिए । उनले वडा सदस्य बस्नेतले त्यसरी कुटपिट नगरी चित्त नबुझेको कुरा वडामा आएर छलफल गर्न जरुरी रहेको बताए । उनले भने, ‘जनताको प्रतिनिधि भएर विद्यालयको प्रधानाध्यापक माथि कुटपिट गर्नु उहाँको नैतिकताले दिँदैन । यो सरासर उहाँले गलत गर्नुभएको हो । चित्त नबुझे गाउँपालिका छ, शिक्षा समिति छ, यसरी शिक्षकमाथि हातपात गर्न मिल्छ ?’

यता वडा सदस्य प्रमोद बस्नेतले प्रधानाध्यापक विष्णु खत्रीले आफूलाई मुख छोडेपछि हात छोड्न बाध्य भएको बताए । उनले गाउँपालिकाले निःशुल्क शिक्षा गर्दा गर्दै, तपाईंले किन शुल्क उठाउनु भएको भन्दा त जाबो वडा सदस्यले भनेर मैले शुल्क नउठाउने, आपत्ति जनक शब्द प्रधानाध्यापक खत्रीले निकालेपछि आफू बाध्य भएर हातपात गरेको बताए । उनले भने,–“गाउँपालिकाले निःशुल्क शिक्षा लागु गरेको छ तर उहाँले विद्यार्थीसंग किन शुल्क उठाउने । मेरो प्रश्न यहाँ निर हो ।” उनी राजपुर गाउँपालिका वडा नम्बर ७ मा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित वडा सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?