© २०२३
भैरहवा,३१ बैशाख । सिद्धार्थनगर नगरपालिकाले पसलमा म्याद गुज्रिएको औषधि पाइएकाले सराफ अस्पताल फार्मेसीलाई औषधि बिक्रिका लागि रोक लगाएको छ ।
सिद्धार्थनगर ८ रबि पथमा अबस्थित सराफ फार्मेसीमा कागजपत्र नपाइएको, ल्याबमा १ जना कर्मचारी मात्र भएको, नियम र कार्यबिधी बिपरित फार्मेसीले औषधि बिक्रि गरेको पाइएको नगरपालिकाको अनुगमन समितिले जनाएको छ ।
अनुगमनको क्रममा म्याद गुज्रिएको औषधि पाइएको, फार्मेसी नपढेको व्यक्ति ल्याबको कर्मचारी भेटिएको र कागज पत्र समेत कुनै नभएको पाइएकाले नगरपालिकामा कागज पत्र ल्याउन भन्दै हालका लागि औषधि बिक्री गर्न रोक लगाइ बन्द गराइएको सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिता पोख्रेलले जानकारी दिइन् ।