© २०२३
काठमाडौं,३१ बैशाख । जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएको छ। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री निवास बालुवाटारमा राजीनामापत्र पठाएका छन्।
स्वास्थ्यमन्त्री यादवसहित जसपाकै अर्का मन्त्री दीपक कार्कीको पनि राजीनामापत्र बालुवाटार बुझाइएको उनको सचिवालयले जनाएको छ।
दुवैले अहिलको विकसित राजनीतिक परिस्थिति अनुसार सरकारमै बसेर सहकार्यलाई निरन्तरता दिन नसकिने राजीनामापत्रमा उल्लेख गरेका छन्।
अशोक राई नेतृत्वमा ६ जना सांसदसहितले पार्टी विभाजन गरेपछि त्यसको असर केन्द्र र प्रदेशका सरकारहरूमा पनि देखिन थालेको हो।
मधेस प्रदेशमा हिजो आइतबार जसपा नेतृत्वको सरकारलाई नेकपा माओवादी केन्द्र र नेकपा एमालेले समर्थन फिर्ता लिएको थियो।
लगत्तै त्यहाँ अन्य ४ दल मिलेर सरकार बनाउने कसरत अघि बढेको छ।
जसपा नेपाल अध्यक्ष यादवले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले ठूलो रकम खर्च गरेर आफ्नो दल फुटाएको आरोप लगाएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी