Butwal Today

तिलोत्तमाको शंकरनगरमा स्कुटी ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर

३० बैशाख २०८१, आइतबार
अ+
अ-

बुटवल, ३० वैशाख ।

दुई स्कुटी एक आपसमा ठोक्किदा तिलोत्तमा २ शंकरनगर चोकमा २ जना घाइते भएका छन । गएराति करिव सवा ८ बजे बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ७० प ६७७ तथा सोही दिशा तर्फ जाँदै गरेको लु ५१ प ४४४२ नम्बरको स्कुटर तिलोत्तमा २ स्थित सिक्सलेन सडकखण्डमा ठोक्किएका थिए ।

दुर्घटनामा परी लु ५१ प ४४४२ नम्बरको स्कुटरमा सवार तिलोत्तमा १ ड्राइभरटोल निवासी ६० बर्षिय पुष्परत्न मल्ल गम्भीर घाइते भएका छन् । उनको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेकाले क्रिमसन अस्पतालमा ल्याई भेन्टिलेटरमा राखेर उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यसैगरी लु ७० प ६७७ का चालक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ५ बस्ने अन्दाजी ३५ बर्षिय विकल्प भट्टराईको दुवै खुट्टामा चोट लागी उपचारका लागि अस्पताल आएकोमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।