© २०२३
सुर्खेत,२९ बैशाख ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले सर्वदलीय बैठक बोलाएका छन् । कर्णालीको समग्र विकास र समृद्विका लागि भन्दै जेठ चार गते सर्वदलीय बैठक बोलाएका हुन् ।
कँडेलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबिच साझा धारणा बनाउने भन्दै बैठक बोलाएका छन् ।
समृद्धि र विकासमा सबै राजनीतिक दलहरूबिचको साझा सहमति खोज्ने उद्देश्यले सर्वदलीय बैठकको आयोजना गरिएको मुख्यमन्त्री कँडेलले बताएका छन् । उनका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्ष र दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागिताका लागि आमन्त्रण गरिएको छ । प्रदेशसभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ ।