© २०२३
बुटवल,२९ बैशाख । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्र्दै देशलाई तानाशाहीबाट बचाउनुपर्ने बताएका छन् । शुक्रबार साँझ दिल्लीको तिहाड जेलबाट रिहा भएपछि आफ्ना हजारौं समर्थकलाई सम्बोधन गर्दै उनले हामी सबै मिलेर देशलाई तानाशाहीबाट बचाउनुपर्छ, म त तन, मन र धनले लडिरहेको छु, तानाशाहीविरुद्ध लडिरहेको छु, तर १४० करोड जनताले तानाशाहीविरुद्ध लड्नुपर्छ भने ।
सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न अन्तरिम आदेश दिएपछि ५० दिनदेखि तिहाड जेलमा रहेका उनी रिहा भएका हुन् ।
उनी जेलबाट निस्किँदा जेलको ताला फुटे, केजरीवाल छाडे भन्ने नारा लगाउँदै ठूलो संख्यामा समर्थकहरू भेला भएका थिए।
रिहा हुनासाथ केजरीवालले मैले छिट्टै आउँछु भनेको थिएँ, म आएँ। सबैभन्दा पहिले म हनुमानजीको चरणमा पूजा गर्न चाहन्छु, हनुमानजीको आशीर्वादले आज म तपाईंहरू सबैको बीचमा छु भने ।
केजरीवालले सबैलाई धन्यवाद दिंदै देशका करोडौँ मानिसहरूले प्रार्थना र आशीर्वाद पठाएका भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरूलाई धन्यवाद दिए ।
अरविन्द केजरीवालले शनिबार दिल्लीको कनाट प्लेसमा रहेको हनुमान मन्दिरको दर्शन गरेका छन् ।
मदिरा नीति घोटाला प्रकरणमा मुख्यमन्त्री केजरीवाललाई मार्च २१ मा ईडीले पक्राउ गरेको थियो। रिहा भएपछि उनी चुनावी अभियानमा सहभागी हुन पाउने छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी