ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’

२९ बैशाख २०८१, शनिबार
२९ बैशाख २०८१, शनिबार

काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कार्यसमिति बैठकले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख र सरकारले गृहमन्त्रीलाई संसद्‌मा बोल्न अवरोध गरेको निष्कर्ष निकालेको छ । शनिबार पार्टी सभापति देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले सभामुख र सरकारको रवैयाका कारण गृहमन्त्री लामिछानेले संसद्‌मा बोल्न नपाएको नाम उल्लेख नगर्ने शर्तमा एक नेताले बताएका हुन् ।

उनले भने– ‘हिजो हामीले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने भनेर दलगत रूपमा निर्णय गरेर सभामुखलाई पनि भनेका थियौँ । हामी बोल्न दिने भएका थियौँ तर सभामुखले उहाँलाई बोल्न नदिने रणनीति तयार गर्नुभयो । उहाँहरूले जबरजस्ती सरकारी बिजनेसमा प्रवेश गर्ने प्रयास गरेको हुनाले हिजो हाउस अवरुद्धको स्थिति बन्यो । सरकार र सभामुखको मिलेमतोमा हाउस अवरुद्ध हुने स्थिति बनेको ठहर गर्र्यौँ ।’

उनले सभामुख देवराज घिमिरे सभामुखको रूपमा भन्दा पनि एमाले नेताको रूपमा प्रस्तुत भएको उनले आरोप लगाए ।  तर शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री लामिछानेलाई बोल्न अवरोध गरेको थियो । उनले सरकारले संसद्‌मा पेश गर्ने कुनै पनि कार्यक्रममा कांग्रेसले अवरोध गर्ने निर्णय गरेको जानकारी दिए ।

यता, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले छानबिन समिति नबन्दासम्म सरकारसँग सम्बन्धित बिजनेसमा प्रवेश नगर्ने र आगामी संसद्‌मा कांग्रेसको भूमिकाबारे रणनीति तय गर्न फेरि कांग्रेस संसदीय दलको बैठक बस्ने जानकारी दिए । लेखकले भने– ‘हामी कार्यसूचीमै प्रवेश गर्न दिँदैनौँ । पर्सी हामी संसदीय दलको बैठक बस्छौँ, संसदीय दलको बैठकबाट आगामी रणनीतिबारे निर्णय गर्छौं ।’

यता कांग्रेस महामन्त्री गगन थापाले आजको बैठकमा कांग्रेसको अडान परिवर्तन गर्ने विषयमा भन्दा पनि आफ्नो आवाज कसरी व्यक्त गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए । आजको बैठक संसद्‌मा अब कसरी प्रस्तुत हुनेबारे केन्द्रित रहेको उनले बताए । अब बस्ने पार्टीको संसदीय दलको बैठकले यस विषयमा ठोस निर्णय लिने उनको भनाई थियो ।

त्यस्तै, संसद्को अवरोध खुलाउने विषयमा प्रधानमन्त्री गम्भीर नबनेकोमा आफूहरू छक्क परेको उनको भनाई थियो ।

‘प्रधानमन्त्रीले संसद्को अवरोध हटाउन किन पहल गरिराख्नुभएको छैन भन्ने विषयमा नै हाम्रो छलफल केन्द्रित रह्यो । गृहमन्त्रीले त चार वर्ष संसद् नचले नचलोस् भनेर भनिसक्नुभयो । एमाले अध्यक्ष केपी ओलीलाई पनि संसद् चल्ने कुरा, सरकारलाई अप्ठ्यारो परेको कुरा केही सजिलो होस् भन्ने कुराको कुनै चिन्ता देखिएन । यसमा सबैभन्दा बढी चिन्ता प्रधानमन्त्रीलाई पर्ने हो तर उहाँको ध्यान पुगिरहेको छैन’ थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?