ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

सेवा आयोगका अध्यक्ष मजगैयालाई विदाइ

२९ बैशाख २०८१, शनिबार
२९ बैशाख २०८१, शनिबार

दाङ ।

नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राध्यापक श्रीधर मजगैयासहित दुई जना सेवा निवृत्त कर्मचारीलाई विदाइ गरिएको छ । विश्वविद्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी विदाइ गरेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने, शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडा र कुलसचिव प्रा. माधव अधिकारीले अध्यक्ष मजगैयालाई विदाइ गरेका हुन् । उक्त अवसरमा सेवा निवृत्त स्टोर किपर रेशमबहादुर केसी, हेड असिस्टेन्ट टोपबहादुर जनैदारलाई पनि विदाइ गरिएको हो ।

विदाइ कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले लामो समयसम्म विश्वविद्यालयमा भएको तालाबन्दीका कारण सेवा आयोगले राम्रोसँग काम गर्न नपाएको बताए । ‘लामो समयसम्म विश्वविद्यालयमा भएको तालाबन्दीका कारण दुई चरणको विज्ञापन गर्ने योजना सफल हुन सकेन ।

सोचाइअनुसारको काम गर्न पाएको भए विश्वविद्यालयमा अभाव जनशक्ति व्यवस्थापन गर्न सक्ने थियौं’, उपकुलपति लामिछानेले भने । विश्वविद्यालयको महत्वपूर्ण निकायका रुपमा रहेको सेवा आयोगको मर्यादा कायम गर्न सेवा आयोग सफल भएको बताउँदै उपकुलपति लामिछानेले भने, ‘सेवा आयोग विश्वविद्यालयको महत्वपूर्ण निकाय हो । विश्वविद्यालयको मर्यादा कायम राख्न सेवा आयोग सफल भएको छ’, उपकुलपति लामिछानेले भने ।

कार्यक्रममा बोल्दै सेवा आयोगका अध्यक्ष प्रा. श्रीधर मजगैयाले विश्वविद्यालयलाई आवश्यक जनशक्ति प्रदान गर्न सेवा आयोग सफल भएको बताए । सेवा आयोगलाई निश्पक्ष र मर्यादित बनाउन सफल उनले दाबी गरे । ‘लामो समयदेखि शैक्षिक र प्रशासनीक जनशक्ति अभावमा रहेको विश्वविद्यालयलाई जनशक्ति उपलब्ध गराउन सेवा आयोग सफल भएको छ’, अध्यक्ष मजगैयाले भने, ‘हाम्रो कार्यकालमा हामीले सेवा आयोगलाई स्वच्छ, निश्पक्ष र मर्यादित बनाउन सफल भएका छौं । विदाइको यस क्षणमा विश्वविद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

कार्यक्रममा शिक्षाध्यक्ष भीमप्रसाद खतिवडा, विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा. मुरलीमोहन बाँस्तोला, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेल, सहलेखा नियन्त्रक हरिबहादुर डिसी, सेवा निवृत्त कर्मचारी स्टोर किपर रेशमबहादुर केसीलगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?