Butwal Today

कतारबाट आएका व्यक्ति अवैध सुनसहित विमानस्थलबाट पक्राउ

२८ बैशाख २०८१, शुक्रबार
अ+
अ-

बुटवल।

प्रहरीले त्रिभुवन विमानस्थलबाट ५० ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ।

सुनसरीको धरान उपमहानगरपालिका–५ बस्ने विजय कुमार लिम्बुलाई ५० ग्राम सुन जस्तो देखिने पहेँलो धातुको तयारी गहनासहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

एक थान ब्रासलेट, दुई वटा औँठी र एउटा मोबाइलसहित तिलगंगा बाट पक्राउ परेका उनलाई थप कारबाहीका लागि त्रिभुवन भन्सार कार्यालय गौचरण पठाइएको प्रहरीले जनाएको छ।