© २०२३
पाल्पा, २८ वैशाख ।
कालिगण्डकी नदीमा एक युवाको शव फेला परेको छ । पाँच दिनदेखि बेपत्ता एक युवकको शव रामपुर नगरपालिका–८ भुजातस्थित कालीगण्डकी नदी किनारमा फेला परेको हो ।
स्याङ्जाको चापाकोट नगरपालिका–९ बैडीका ३० वर्षीय दुर्गाबहादुर थापाको शव बिहीबार कालीगण्डकी नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
कालीगण्डकी नदीमा माछा मार्न गएका ब्यक्तिले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार चापाकोटका थापा गत आइतबारदेखि बेपत्ता थापा भएका थिए ।
परिवारसँग सम्पर्कविहीन भएका थापाको आफन्तले शवको पहिचान गरेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । थापाको शव पोष्टमार्टमका लागि रामपुर अस्पताल पाल्पामा लगिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।