© २०२३
काठमाडौँ ।
काठमाडौँमा स्रोत नखुलेको झन्डै १ करोड रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, एसएसपी सानुराम भट्टराईले ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जनालाई गएराति पक्राउ गरिएको जानकारी दिए।
पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका-७ अमुवाका समिर सुनार र मिलन बिक रहेका छन् ।
‘घटनाबारे हामी अहिले बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरेर विस्तृत बताउने छौँ’, एसएसपी भट्टराईले भने।
दरबारमार्गस्थित जय नेपाल हलनजिक गाडीमा गइरहेका बेला उनीहरू रकमसहित पक्राउ परेका हुन्। उनीहरू सुन कारोबारमा पनि संलग्न रहेको आशंका प्रहरीले गरेको छ।