ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता
टाईटन नेपाल जेट यु—१४ टि ट्वान्टी क्रिकेट च्याम्पियनसिप

न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा

२५ बैशाख २०८१, मंगलवार
२५ बैशाख २०८१, मंगलवार

बुटवल, २५ बैशाख । रुपन्देहीमा जारी टाईटन नेपाल जेट यु—१४ टिट्वान्टी क्रिकेट च्याम्पियनसिपमा अन्तिम चारको टुगो लागेको छ । लिग चरणको प्रतियोगिताबाट न्यु होराईजन स्कुल, वेष्ट्रन क्रिकेट क्लब, बुद्ध पब्लिक स्कुल र स्टार क्रिकेट एकेडेमीले अन्तिम चारमा स्थान बनाएका छन ।

सोमबार भएको खेलमा एमएसएमटी र स्टार क्रिकेट एकेडेमी विजयी भएको छन । बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा सोमबार भएको पहिलो खेलमा एमएसएमटी एकेडेमी, नौतनहवाले होराईजन जिविएसलाई ७ बिकेट तथा स्टार क्रिकेट एकेडेमीले वेष्ट्रन क्रिकेट एकेडेमीलाई ६ बिकेटले पराजित गरेको हो ।

नहरपुर माविस्थित खेलमैदानमा भएको खेलमा टस जितेर होराईजन जिबिएसले १८.२ ओभरमा सबै बिकेट गुमाएर ९१ रनको लक्ष्य खडा गरेको थियो । होराईजनका हिमान्सु पाण्डेले ४४ बलमा २५ रनको नटआउट पारी खेले । यसैगरि चन्दन सिहले ११ बलमा १३ रनको योगदान गरे । एमएसएमटीका शहिद रजाले ४ तथा फुलचन प्रजापतिले ३ बिकेट लिए । झिनो लक्ष्यलाई एमएसएमटीले ८.५ ओभरमा ३ बिकेटको नोक्सानीमा भेटायो । खेलमा एमएसएमटीका शहिद रजा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरी दोस्रो खेलमा वेष्ट्रनले ब्याटिङ रोजेर ११.५ ओभरमा सबै बिकेट गुमाएर केवल ४४ रनको लक्ष्य खडा गरेको थियो । वेष्ट्रनका सचिन बास्तोलाले १२ बलमा १२ रनबाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन । कम स्कोरमा रोक्न स्टारका दिपेन्द्र रेग्मीले शानदार ६ बिकेट लिए । स्टारले ७.२ ओभरमा ४ बिकेटको नोक्सानीमा जित निकाल्यो । स्टारका अमर बश्यालले १४ बलमा १७ रन तथा सम्राट राईले १३ बलमा १० रनको योगदान दिए । वेष्ट्रनका अर्पसन बिक्रम जिसीले २ बिकेट लिए । खेलमा स्टारका दिपेन्द्र रेग्मी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?