ट्रेंडिंग:

>> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता

विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ

२३ बैशाख २०८१, आईतवार
२३ बैशाख २०८१, आईतवार

आज विश्व हाँसो दिवस । हामी सबैले जाने बुझेकै कुरा हो– हाँसोले हाम्रो स्वास्थ्यमा स्फूर्ति मात्रै ल्याउँदैन, हाम्रो जीवनलाई दिर्घायू समेत बनाउँछ । तसर्थ चिकित्सकहरुले त दिनमा एकपटक मज्जाले वा खुलेरै हाँस्न सल्लाह दिने गरेका छन । हाँसोभित्र हाम्रो जीवन र भविष्य जोडिएको छ । जति बढी हाँस्न सक्यो उति मन चंगा हुन्छ, मन हलुंगो हुन्छ । जीवन स्पूmर्ति हुन्छ । तर, हाँस्न त्यति सजिलो पनि छैन । आजको मानिस विभिन्न पीडामा छटपटिएको छ । विभिन्न तनावले थिचिएको छ । त्यो अवस्थामा हाँसो निस्किन निकै गाह्रो छ । यद्यपि हाँसोले कुनैपनि कुरा या पीडालाई निको पार्न वा समाधान गर्न सक्दैन, तर यसले धेरै कुरा र पीडाहरूलाई छेउ लगाउँदै जीवनको मूल्य आत्मसाथ गर्न मद्दत पु¥याउँछ । यही मूल्य बुझेर नै हरेक बर्षको मे महिनाको पहिलो आइतबार विश्व हाँसो दिवस मनाउने गरिएको छ । मे ५ मा मनाइने हाँसो दिवस पहिलोपटक सन् १९९८ मा भारतको मुम्बईमा मनाइएको थियो । हाँसो एउटा सकारात्मक अनि शक्तिशाली भाव हो, यसले जीवनमा रस अनि आशा थप्दछ । हाँसोले मातृत्व, भातृत्व, मातृ बात्सल्य सवै कुरा जोड्दछ । हाँसोले खुसी दिन्छ तसर्थ हाँस्न नभुलौ । हाँसोलाई हरेक दिन बढाउँदै लैजाउँ । हाँसो मै जीवन खोजौं ।

समाजमा हाँसोको महत्व आफू हाँस्ने मात्र नभई अरूलाई पनि हँसाउने हुनुपर्दछ भनिएको छ । निश्चितरुपमा आफूमात्रै हाँसेर हुने भए मानिस एकांकी हुनेथियो । तर, यहाँ एकजना मानिस हाँसेरमात्रै हुँदैन, मानिस आफूसंगै अरुलाई पनि हँसाउन सक्ने हुनुपर्दछ । जीवनको एउटा महत्वपूर्ण कार्य भनेकै आफू हाँस्नु र अरूलाई पनि हाँस्न सिकाउनु हो । हँसाउन प्रोत्साहन गर्नु पनि एउटा ठूलो सामाजिक कला हो । वास्तवमा हाँसोको कति महत्व छ भन्ने कुरा शब्दमा बयान गरेर सकिदैन । हाँसो किन्न सकिदैन । मानिसले हाँसो किन्न पाउने भए पैसा हाँसोमा बगाउँथे होला तर हाँसोको महत्व आफ्नै छ । विश्वलाई आज केही कुराको कमी छ भने त्यो हो हाँसो । तसर्थ मनभित्रैबाट हाँसौं । आज मानिसलाई हाँसो चाहिएको छ । मानिससंग लाखौं करोडौं पैसा छ तर मनमा सन्तोष छैन । पैसाले जीवन र हाँसो किन्न सकिदैन् । हाँसोको मूल्य अपरम्पार छ । तसर्थ महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्छन– गरिब भन्छौ सुखको मै छु धनी……। अर्थात एउटा मानिस गरिव छ तर उ सुखी छ । सुखी हुनु भनेको उ दुःखमा पनि रमाउन सकेको छ, हाँस्न सकेको छ । तसर्थ हाँस्नका लागि धनी हुनै पर्दैन । बरु धनी हाँस्न सक्दैन । गरिव सुखी छ र त उ हाँस्न सकेको छ । पीडामा पनि हाँस्न सक्नु महानता हो । तसर्थ हाँसो दिवसको अवसरमा दिर्घ जीवनका लागि, स्वास्थ्यका लागि र अरुको दुःख सुखमा सहभागी हुन सकौं । हाँस्न सकौं । थोरैमात्र होइन दिल खोलेर हाँसौँ, आफूमात्रै होइन अरुलाई पनि हँसाउन सकौँ । हाँसोमै रमाऔं । अरुलाई हँसाउन सकेपनि सन्तुष्टी मिल्छ । अतः विश्व हाँसो दिवसको अवसरमा अरुको मन जितेर आफूपनि हाँसौ र अरुलाई पनि हँसाऔं । हाँसो नै जीवन र जगत हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%