© २०२३
सुर्खेत,१८ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीपरिषद् विस्तार गरेका छन् । उनले एमालेको भागमा परेको कानुन मन्त्रालय आफैसँग राखेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोद कुमार शाह तथा भौतिक राज्यमन्त्रीमा गोमता विक रहेका छन् । मुख्यमन्त्री कँडेलले राज्यमन्त्री थप गरेर मन्त्रीपरिषद् विस्तार गरेका छन् ।
यस्तै सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, ऊर्जा तथा जलस्रोत मन्त्रीमा रणसिंह परियार, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्ग रावत रहेका छन् ।
नवनियुक्त ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले मंगलबार शपथ खुवाएका हुन् । कृषि मन्त्रीमा नियुक्त भएका विनोद कुमार शाह भने शपथ ग्रहणमा उपस्थित भएनन ।