Butwal Today

बझाङमा २६७ मतले एमालेका दमन भण्डारी विजयी

१७ बैशाख २०८१, सोमबार
अ+
अ-

बुटवल,१७ बैशाख ।    बझाङ १ (१) को उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहलाई २६७ मतले पराजित गरेका हुन् । भण्डारीले ११ हजार ६ सय १३ मत पाएर निर्वाचित हुंदा सिंहले ११ हजार ३ सय ४६ मत पाएर पराजित भए । उक्त क्षेत्रमा यसअघि सिंहका बुबाले नेपाली कांग्रेसबाटै जित हासिल गरेका थिए । यस्तै माओवादीका जनकबहादुर बुढाले ३ हजार ९ सय ६७ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५ सय १३ मत पाएका छन् । उक्त क्षेत्रमा राप्रपाले ५ सय मत पनि पाउन सकेन । निर्वाचन आयोगले औपचारिकरुपमा नतिजा घोषणा गर्न बांकी छ ।