© २०२३
बुटवल, १५ बैशाख । बुटवलका निश्चल ज्ञवाली अहिले ११ वर्षका भए । जुनियर लनटेनिस खेलमा उनी अहिले बुटवलबाट उदाउँदो खेलाडी हुन । ६ वर्षको उमेरमा ज्ञवालीले लनटेनिस शुरु गरेका हुन । उमेर र शारीरिक बनावटमा कमजोर उनलाई टेनिसको ¥याकेट उचाल्दै धौ हुन्थ्यो । देब्रे हातेबाट ¥याकेट चलाउने उनको बलियो पक्ष हो । अभ्यासकै कारण अहिले उनले सफलता हात पारेका छन ।
करीब पाच वर्ष लामो खेल खेलेका उनि अहिले बुटवलबाट जुनियर लेभलमा राष्ट्रिय पहिचान बनाएका छन । ‘परिणाम देखिएको छ ।’— बुबा गोपाल ज्ञवाली भन्छन । स्थानिय प्रतियोगितामात्र नभई राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका उनी अहिले लनटेनिसमा छलाङ मारेका छन । उनि आन्तरिक प्रतियोगितामा सधै उत्कृष्ट भए । साथै राष्ट्रिय प्रतियोेगितामा सधैजसो प्रथम भए । उनी जुनियर लनटेनिसमा राष्ट्रिय रेकिङमा छन । भर्खरमात्र पोखरामा जारी तेस्रो मनुश्री/भिग्नाजित जुनियर टेनिस यू–१० व्वाइज सिंगल्सतर्फ उनले स्वर्ण हात पारेका छन ।
यसअघिका धेरै प्रतियोगितामा उनि पुरस्कार जितेका छन । ज्ञवाली न्यु होराईजन कक्षा ६ मा अध्ययरत उनि काठमाण्डौ भर्खर सम्पन्न छनौट खेलमा विजेता बन्दै आईटिएफ साउथ एशिया यु—१२ टेनिस प्रतियोगितामा भाग लिँदैछन । अन्तराष्ट्रिय प्रतियोगितामा नेपालका ३ जनामध्ये बुटवलका २ र काठमाडौका १ जना छनौट भएका हुन । जसमा बुटवलका शाहनवाज आलम र काठमाण्डौका विश्वविशेष डल्लाकोटी रहेका छन । उनिहरूले साउथ एशियन देशहरू भारत, नेपाल, अफगानिस्तान, पाकिस्तान र श्रीलंकाका खेलाडीहरूसंग प्रतिस्पर्धा गर्ने छन । यो प्रतियोगितामा उत्कृष्ट भएको अवस्थामा अर्को महिना काजकिस्तानमा हुने प्रतियोगितामा भाग लिन पाउनेछन । बुटवलबाट यसअघि पनि लन टेनिसका खेलाडीहरू उत्पादन गर्न सफल भएको छ ।
बाबु—छोरा टेनिस खेलाडी
रूपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल प्रसाद ज्ञवाली सबेरै मैदानमा पुग्छन । आफनो कामबाट समय निकालेर उनि नियमित बिहान लनटेनिस खेल्छन । बुटवलमा लनटेनिस खेलको विकास र खेलाडी उत्पादनमा समेत उनि निरन्तर लागेका छन । देविनगरस्थित लनटेनिस कोर्ट ब्यवस्थित गर्दै विभिन्न उमेर समुहका खेलाडीहरूलाई दक्ष प्रशिक्षकबाट प्रशिक्षण दिईदै आएको उनले बताए । अभ्यासकै कारण अहिले बुटवलका जुनियर खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको उनि बताउछन । भेट्रान्स खेलाडीहरू बिहान खेल्ने र साझको समयमा जुनियर खेलाडीहरूलाई अभ्यास गराउदै आएको छ । युरिक एसिडको समस्या देखिएका उनि नियमित खेलबाट फाईदा मिलेको बताउछन । एकआपसमा भाईचारा बिकास गर्ने र अवसर धेरै रहेको खेल भएको हुदा यसलाई रोजेको उनि बताउछन । आफुसंगै उनले आफनो छोरालाई पनि खेलमा आवद्ध गराए । विद्यालयसमय सकिएपछि छोरा निश्चल साथीहरू कोर्टमा पुग्छन । प्रशिक्षकबाट नया नया टेक्निक सिक्दै आएका छन ।
यता बुटवलमा ब्यापार गर्दै आएका सब्बर मिया पनि लन टेनिस खेल्छन । उनि जिल्ला लनटेनिसका सचिव हुन । बिहानको थोरै समय निकालेर खेल खेल्दा स्वास्थ्यलाई फाईदा मिलेको उनि बताउछन । दिनभरी काममा ब्यस्त हुने हुदा पनि केही समय निकालेर खेल खेल्दै आएको उनी बताउँछन । सबै उमेरलाई शारीरिक ब्यायाम जरुरी रहने उनको दाबी छ । आफुसंगै छोरा शाहनवाज आलमलाई पनि उनि लनटेनिस खेलाउँछन । करीब ४ वर्षदेखि खेल्दै आएका छोरा अहिले राष्ट्रियस्तरमा जुनियर खेलाडीको पहिचान बनाउँदा उनी खुशी छन ।
लुम्बिनी प्रदेश लनटेनिस संघका अध्यक्ष सन्जय श्रेष्ठ आफू पनि राष्ट्रिय खेलाडी हुन । क्रिकेट खेलका राम्रो खेलाडी उनी अहिले पनि जिल्ला लिग खेल्छन । पछिल्लो एक दशकदेखि भने उनी लन टेनिसमा बढी समय दिएका छन । ‘लनटेनिसमा दैनिक पाच घण्टा बित्छ ।’—उनले भने । पेशाले आईटी क्षेत्रका उनि खेलमा पनि उत्तिकै रुचि छन । पाच वर्षका सानो छोरा अनमोल श्रेष्ठलाई पनि उनीसंगै लनटेनिस खेलाउँछन । फुटबल प्रति रुचि राख्ने छोरालाई उनि अहिले टेनिसमा आवद्ध गराएका छन । खेलप्रति बच्चाहरूलाई रुचि जगाउँदै खेलाडी बनाउने गरि अभियान जरुरी रहेको उनी बताउँछन । अधिकांस संघका पदाधिकारीहरू आफना छोराछोरीहरूलाई खेलमा आवद्ध गराएका छन ।