ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

सुदुरपश्चिममा फेरि लफडा : रेशम पक्षका लक्ष्मणकिशोर सर्वोच्चमा

९ बैशाख २०८१, आईतवार
९ बैशाख २०८१, आईतवार

धनगढी , ९ वैशाख । सुदुरपश्चिम प्रदेश सरकार गठनको विषयलाई लिएर फेरि लफडा शुरु भएको छ । मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडोरीलाई नियुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदादलतमा रिट निवेदन परेको छ।

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले आफ्नो दाबीलाई प्रदेश प्रमुखले अस्वीकार गरेर वैशाख ४ गते पुनः मुख्यमन्त्रीमा दाबी पेश गर्न गरेको आह्वान र त्यसका आधारमा मुख्यमन्त्री नियुक्त भएका सोडारीलाई पदमुक्त गर्न माग गर्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन्। लक्ष्मणकिशोर रेशम चौधरी पक्षका हुन् ।

सत्ता गठबन्धनमा खटपट भएपछि सुरुमा मुख्यमन्त्रीमा नाउपका रेशम पक्षले लक्ष्मणकिशोरलाई नेपाली कांग्रेस र एकीकृत समाजवादीले प्रस्ताव गरेका थिए भने नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

नाउपाबाटै दुई जनाको दाबी परेको र सत्ता गठबन्धनबाट एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएपछि निर्देशनअनुसार नजिर मियाँले ४ गते पुनः दाबी पेश गर्न सूचना निकालेका थिए। वैशाख ६ गते एमाले, माओवादी, नाउपाकै दुई सांसदको समर्थनमा समाजवादी सोडारीले दाबी पेश गरेर मुख्यमन्त्री भएका थिए। आफूलाई अस्वीकार गर्ने निर्णय अवैधानिक भएको लक्ष्मणको दाबी छ।

उनले आइतबार सर्वोच्चमा दर्ता गरेको रिट निवेदनमा भनेका छन्, संविधानको धारा १६८ दुई वमोजिम मुख्यमन्त्री पदमा नियुक्त हुन पाउन रितपुर्वक म निवेदकको दावी पेश भएकोमा तदअनुरुप नगरी सोको संवैधानिक हैसियत र अवस्थामा मौनधारण गरी मिति २०८०ः०१ः०६ वेलुमा ५ः०० बजे भित्र मुख्यमन्त्रीका लागी दावी पेश गर्न आदान गरी विपक्षीहरुले प्रकाशित गरेको विज्ञप्ती सुचना सो वमोजिम गरिएको मुख्यमन्त्री पदको नियुक्ति आधारित निर्णय, कामकार्वाही, सम्पुर्ण प्रक्रिया नै नेपालको संविधानको धारा १६८ दुई को विपरित वदनियत पुर्ण र दोहोरो प्रयोग एवं अधिकार क्षेत्रको अतिक्रमणको विषय हुदा ए को धारा ४६, १३३ को २ र ३ वमोजिम उत्प्रेषणको आदेश द्वारा बदर गरी प्रस्तुत भएको दाबी पत्र अनुसार म निवेदकलाई मुख्यमन्त्री पदमा नियुक्ति दिई सपथ ग्रहण गराउनु भनी विपक्षीहरुको नाउमा परमादेश लगाएत अन्य उपयुक्त आज्ञा आदेश पुर्जि लगायत जो चाहिने आज्ञाप्ति जारी गरी सुपथ न्याय पाऊँ ।’

गठबन्धनबाट सोडारी मुख्यमन्त्री बने पनि सरकार विस्तार गर्न सकेका छैनन्। नेकपा एमालेले सोडारीको नेतृत्व अस्वीकार गर्दै सरकारमा मन्त्री नपठाउने भूमिका खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?