© २०२३
बुटवल, ६ बैशाख । सहकारी संस्थाहरूले बचत र ऋणका कार्यक्रम मात्रै नभएर महिला दिदी बहिनीहरूको जीवनस्तरलाई पनि माथि उठाउनमा सहयोग पनि गरिरहेका छन् । सहकारीहरूले तरकारी खेती, सिलाई बुनाई, बाख्रा—कुखुरा पालनदेखि सदस्यहरूलाई उद्यम विकासका काममा सघाइरहेका छन् । महिलाहरू मात्रै सदस्य रहेका कतिपय सहकारीहरूले पनि दिदी बहिनीहरूको आर्थिक अवस्थालाई माथि उठाउने उद्यम व्यवसायका कामलाई सहकारीसँग जोडेर गतिविधि गरिरहेका छन् ।
रूपन्देहीको सियारीमा रहेको नारी एकता महिला विकास बचत तथा ऋण सहकारी संस्थाले अहिले ढाकाको कपडा उत्पादन गरिरहेको छ । सहकारीमार्फत ढाका कपडा उद्योग स्थापना गरेर सदस्यहरूलाई रोजगारको अवसर दिएको छ । ढाकाका सामानहरू प्रति मानिसको लगाव बढिरहेको बेला सहकारीले यो व्यवसायलाई अगाडि सारेको संस्थाका पूर्व अध्यक्ष हुमाकान्ती भुर्तेलले बताउँछिन । उनले संस्थाले विभिन्न समयमा स्थानीय सरकारको सहयोगमा आफ्ना सदस्यहरूलाई सीप दिईरहेको बताईन । उनले ढाकाको तालिम पनि कोरोना महामारीको समयमा सिकेको बताईन । उनले सबै तिर बन्द थियो तर हामीले कोरोना माहामारीको समयलाई बचत गर्दे १३ जनालाई ढाका बन्ने तालिममा सहभागि गराएका थियौं । तीन महिनासम्म दुईजना प्रशिक्षकले सिकाएपछि हाम्रा सदस्यहरूले ढाका बुन्न सफल भएका छन् । अहिले ८ जनाले नियमित रूपमा ढाकाको साडी, तीन प्रकारका सल, खादा र ढाकाको ब्याग उत्पादन गरिरहेका छन् । उत्पादन भएका सामानहरू स्थानीय बजार र बुटवल बजारमा खपत भईरहेको छ । साडीको माग पु¥याउन सकिएको छैन । ढाका उत्पादन गर्ने सदस्यहरूले काम गरेको आधारमा पारिश्रमिक पाईरहनु भएको छ । आगामी दिनमा अझै धेरैलाई सिकाएर राम्रा र बजारको माग अनुसारका सामान उत्पादन गर्ने लक्ष्य सहकारी संस्थाले लिएको छ ।
तिलोत्तमा नगरपािलका १४ मा रहेको सरोकार महिला बचत तथा ऋण सहकारी संस्था लिले सदस्यहरूको आर्थिक अवस्थालाई बलियो बनाउने सोंचले प्रदान गरेको सर्फ (कपडा धुने धुलो साबुन) तालिमबाट अहिले आर्य आर्जन सदस्यहरू जोडिएको संस्थाका व्यवस्थापक यशोदा भुषालले बताईन । उनले तालिम लिएका मध्ये ७ जनाको समूहले अहिले व्यवसायिक रूपमा सर्फ उत्पादन गरिरहेका छन् । उनीहरूले उत्पादन गरेको सर्फलाई सहकारीले संस्थाबाट पनि बिक्री गरिरहेको छ । भुषाल भन्छिन् यो सजिलो पनि छ घरको काम धन्दा सकेर फुर्सदको समयमा समूहका सबै बसेर बनाउने र सबैले आ–आफ्नो तरिकाले बिक्री पनि गर्नु भएको छ । अहिले बजारमा यो सर्फ प्रति केजी १ सय २० रुपियाँमा बिक्री भईरहेको छ । समूहले १२ कुइन्टल सर्फ उत्पादन गरेर बिक्री गरिसकेको छ । यसले सदस्यहरूलाई घर खर्च चलाएर थोरै बचत गर्न पनि सहयोग पुगेको छ । यसलाई अझै कसरी व्यवस्थित गरेर उनीहरूलाई उद्यम तर्फ जोड्ने भन्ने विषयमा सहकारीमा बहस पनि शुरु भएको छ ।
सहकारी संस्थाहरूको प्रेरणा र आर्थिक सहयोगबाट नयाँ उद्यमीहरू देखिएका छन् । सहकारी संस्थाले आर्थिक रूपमा सफल बन्नपर्छ भन्ने भोक जगाएको छ । सहकारी संस्था सदस्यको जीवन परिवर्तनको आधार बनेका छन् । आप्mनै गाउँ ठाउँमा बसेर केही गर्छु भन्नेहरूका लागि केही क्रियाशिल महिला सहकारी सारथी बनेर उभिएका छन् ।
बुटवलको मैत्री पथमा लक्ष्मी महिला कृषि सहकारी संस्थाले पसल सञ्चालन गरेको छ । आफ्ना सदस्यहरूले उत्पादन गरेको तरकारी बजारीकरणका लागि पसल सञ्चालन गरेको छ । कृषि सहकारी कृषिसँग जोड्ने उद्देश्यले पसल सञ्चालनमा आएको संस्थाका व्यवस्थापक तुल्सा पाण्डेले बताईन । उनका अनुसार उक्त सहकारीले हामीले विशेष आफ्ना सदस्यले उत्पादन गरेको तरकारी, कम्पोष्ट मल बिक्री गर्दछ । उनले भनिन्, त्यसका साथै गाउँघरतिर पाईने अर्गानिक तरकारीहरू पनि बेच्ने गरेका छौ, किसानसँग जोडिने र उनीहरूको आर्थिक अवस्थालाई माथि उठाउँदै आर्यआर्जनमा जोड्नु हाम्रो सोंच हो । त्यसका लागि नै हामीले पसल सञ्चालनमा ल्याएका हांै । विगत तिन वर्षदेखि उक्त पसल सञ्चालनमा छ ।
साना किसान कृषि सहकारी संस्था लि खड्वा वनगाई, शुद्धोधनले डेरी सञ्चालनमा ल्याएको छ । विगत चार वर्षदेखि किसानले उत्पादन गरेको दुध संकलन गर्ने र बिक्री गर्ने गरिरहेको छ । सधै संस्थाले किसानलाई पशुपालन गर्ने प्रोत्साहन गर्ने तर उनीहरूको दूध व्यस्थापन हुन नसक्दा समस्या सृजना भएर किसानहरूमा निरासा बढेका कारण सहकारीले दुध संकलन केन्द्र स्थापना गरेको संस्थाका व्यवस्थापक नेत्रकुमारी सुवेदीले बताईन । उनले सहकारी दुध संकलन गर्दा किसानमा सकारात्मक उर्जा पुगेको छ । उत्पादन गरेको दुध कहाँ बेच्ने ? भन्ने चिन्ता हराएको छ ।
हाम्रो कार्यक्षेत्रको तीनवटा स्थानका संकलन केन्द्र स्थापना गरेर दुध संकलन र बिक्री गरिरहेका छांै । हामी कहाँ दैनिक ८ सय लिटर दुध संकलन हुन्छ । हामीले यहाँबाट पनिर, ध्यू, नौनी बनाएर पनि बिक्री गर्ने गरेका छौं हाम्रो तीन वटा शाखामा एक एक जनाले रोजगारी पाएका छन् । सहकारी संस्थाले बचत र ऋण मात्रै नभएर आफ्ना सदस्यहरूलाई आर्यआर्जनमा जोड्न आवश्यक छ । त्यसका लागि सहकारीहरू आर्थिक संकलनसँगै सदस्यहरूलाई उद्यम—व्यवसायमा जोड्न आवश्यक छ ।