© २०२३
भैरहवा, ४ बैशाख ।
सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स ब्यूरोको सूचनाका आधारमा, सशस्त्र प्रहरी बल २७ गण रुपन्देहीले अवैधरुपमा नेपालबाट भारत लैजांदै गरेको २ सय ७२.३३ केजी गांजा बरामद गरेको छ ।
रुपन्देही जिल्लाको रोहिणी गाउंपालिका वडा नं. १ बाइपासमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको थियो ।
युपि ७८ बिटि ८२९७ नम्बरको टाटा कन्टेनर चेकजाँच गर्ने क्रममा चालकको सिटमाथि रहेको फल्स बटम भित्र लागू औषध सहित, भारतका स्थायी ठेगाना बताउने ३६ बर्षका सत्नम सिंहलाई पक्राउ गरी सामान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरले बताए ।
बैशाख ४ गते बिहान ३ः१५ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको नेतृत्वमा खटिएको ५ जनाको अनुगमनको टोलिले चेकजांच गर्ने क्रममा गांजा र कन्टेनरलाई नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रक्रिया भइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गा थापाले जानकारी दिए ।