ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

शँकरनगर सामुदायिक वनमा निःशुल्क आँखाको चेकजाँच शिविर

४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार

तिलोत्तमा ।

शरीरका अन्य अंगभन्दा निकै संवेदनशील मानिने आँखाको उपचारमा ध्यान नदिदा धेरै नागरिकले आँखा सम्बन्धी रोगको समस्या भोग्नु परेको सरोकारवालाले बताएका छन् । आँखाको ज्योति गुमेकालाई मात्र आँखाको महत्व थाहा हुने भन्दै उनीहरुले आँखाको स्याहार सुसारमा ध्यान दिन उनीहरुले सुझाव दिएका छन् ।

शँकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीले सामाजिक उत्तरदायित्व अन्तर्गत समूहका पार्षदहरुका लागि सोमबार समूहको कार्यालयमा आयोजना गरेको निशुल्क स्वास्थ्य परीक्षण (आँखाको चेकजाँच) कार्यक्रममा बोल्दै उनीहरुले आँखा रोगको उपचारले मात्र मानिसलाई अन्धकार हुनबाट जोगाउने बताए ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले आँखा विनाको मानव जीवन कल्पना गर्न नसकिने बताए । उनले आखाको दृष्टि राम्रो राख्न घर वरिपरिको वातावरण हरियाली बनाउन सुझाव दिदै यसका लागि सबैले आफ्नो जन्म दिन तथा विशेष अवसरमा बिरुवा रोप्नुपर्नेमा जोड दिए । सबैले विरुवा रोपेमा गाउँ टोल हरियाली हुने, यसले वातावरणलाई स्वच्छ वनाउने र स्वच्छ वातावरणले मानव जीवन स्वस्थ हुने भएकाले यसलाई आफ्नो जीवन पद्दति र सस्कार सङ्ग जोडेर हरियाली प्रवद्र्धन गर्नुपर्नेमा प्रमुख खाँणले जोड् दिए ।

श्री कृष्ण नेत्रालय भैरहवाका नेत्र रोग विशेषज्ञ डा. सल्मा के सी राईले आँखा मानव शरीरको मत्वपुर्ण अङ्ग भएपनि आँखाको स्वास्थ्य प्रति सम्बेदनशिल नहुंदा धेरै मानिस आँखा सम्वन्धी रोगवाट ग्रसित भएको बताए । सुगर, उच्च रक्तचाप जस्ता रोगका कारण पनि आँखाको दृष्टि गुम्न सक्ने भएकाले आँखा जाँचमा ध्यान दिन आग्रह गरे ।

आँखाको स्वास्थ्यका लागि हरियो सागपात, सुन्तला, कागती, गाजर, अंगुर, मेवालगायतका फलफूल बाट भिटामिन ए, सी, फोलिक एसिड, सेलेमियम र जिंक जस्ता तत्व प्राप्त ह्ने भएकाले सेवन गर्न र आँखामा असहज महसुस भए चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्न डा. सल्माले सुझाव दिए ।

कार्यक्रममा सामुदायिक वनका अध्यक्ष रविन्द्र बस्नेत, उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारी, कोषाध्यक्ष भुवन आचार्य लगायतले बोल्दै समूहको वार्षिक नीति तथा कार्यक्रम अनुसार शरिका अन्य अँग जस्तै आँखाको स्वास्थ्यलाई महहत्व दिएर आँखा जाँच कार्यक्रम आयोजना गरिएको बताए ।

आँखा जाँच कार्यक्रममा समूहका पार्षद तथा कार्यसमिमिति पदाधिकारी तथा सदस्य गरी १५० जनाको दृष्टि, दृष्टि दोष, प्राथमिक चेकजाँच, मोतिया विन्दु, वायोमेट्री र चस्मा जाँच तथा निशुल्क औषधी वितरण गरिएको थियो । सोमबार आँखा जाँच गराएकाहरुको अपरेशन तथा थप अन्य उपचार गर्नु परेमा श्री कृष्ण नेत्रालयको भैरहवा र बुटवल शाखाले टिकट निशुल्क र अन्य उपचारमा विशेष सहुलियत दिनेगरी सम्झौता भएको समूहका अध्यक्ष रविन्द्र बस्नेतले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?