ट्रेंडिंग:

>> गुल्मीमा जिप दुर्घटना हुँदा १४ घाइते, तीनको अवस्था गम्भीर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड >> जसपा रुपन्देहीको इञ्चार्जमा मोहम्मद अली >> लादेनका छोरालाई फ्रान्सले गरयो देश निकाला, सदाका लागि प्रतिबन्ध >> कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व >> दशैका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट, आर्थिक गतिविधी बढ्दा दशैमा दोब्बर रकम निकासा >> उत्तर कोरियाले गरयो दक्षिण कोरियासँगको सबै सिमा बन्द >> बुटवल हस्पिटल प्रा.लि. दशैमा पनि खुल्ला >> वाणगंगामा नागरिक सुनुवाइ >> रतन टाटाले फोर्डका अध्यक्षसँग यसरी लिएका थिए अपमानको बदला >> औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन >> विश्व दृष्टि र मानसिक स्वास्थ्य दिवस >> बर्दियामा बाघको त्रास >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> आज वडादसैँ अन्तर्गत सप्तमी, फूलपाती भित्र्याएर मनाइँदै >> चिताएको पुग्ने सुपादेउरालीमा ‘एएस एड्भेन्चर’ >> कार्यस्थलमा मानसिक स्वास्थ्य’ विषयक गोष्ठी युसिएमएसमा सम्म्पन >> बुटवलबाट गुल्मी जाँदै गरेको जिप दुर्घटना, १६ जना घाइते >> विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो >> अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ >> दसैंमा फोन अफ नगर्न खानेपानीमन्त्रीको कर्मचारीलाई निर्देशन >> उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण >> दसैंं पर्व : विविध सन्दर्भहरु >> सहसम्पादकमा श्रेष्ठ र उपसम्पादकमा गिरी >> काठमाडौं फर्कने यात्रुलाई २० प्रतिशत भाडा छुट >> अनुगमनसँगै महड्डी नियन्त्रण गर >> दशैँ पर्वको बहुआयामिक महत्व >> फूलपातीबाट नेपाली बक्सअफिसमा त्रिपक्षीय भिडन्त >> वन्यजन्तु संरक्षणमा ‘विद्यार्थी’ >> रामपुरमा प्लाष्टिकका फूलमाला निषेध >> दशैंको मुखमा राजस्वको निगरानीमा मदिरा उद्योग >> आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिंदै >> मनसुनी वायु कमजोर हुँदै, केही दिन ठूलो पानी नपर्ने >> बबई नदीमा डुबेर बालकको मृत्यु  >> लिम्स मेडिकल बुलेटिन बिमोचन तथा शुभकामना आदानप्रदान >> एनसेल फाउन्डेसनद्वारा बाढी पहिरो पीडितलाई राहत वितरण >> दाङमा ५० किलो भन्दा बढी लागु औषधसहित तीनजना पक्राउ >> नुवाकोटबाट बुटवल आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टियो, दुई युवाको मृत्यु >> अर्थतन्त्रबारे सुझाव दिन पूर्व अर्थसचिव खनालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन >> नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार >> बाल विवाह रोक्न गैँडहवा गाउँपालिकाले गर्यो बालिका बिमा

नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कम्पनीः मुख्यमन्त्री

३ बैशाख २०८१, सोमबार
३ बैशाख २०८१, सोमबार

अर्घाखाँची, ३ वैशाख ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको शिक्षा प्रणाली शैक्षिक बेरोजगार उत्पादन गर्ने कम्पनी भएको टिप्पणी गरेका छन् । स्वदेशमा प्राप्त गरेको प्रमाणपत्रले विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना हुनुले विदेश मोह बढेको महराको तर्क छ ।

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ५ स्थित शान्ति माध्यमिक विद्यालयको हिरक महोत्सव कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री महराले नेपालमा श्रमको मूल्य कमी भएकाले युवाहरू वैदेशिक श्रम बजारतर्फ आकर्षित भएको बताए । नेपालको श्रमको मूल्यले दैनिक गुजारा चलाउन नसक्ने समस्याले देश जनशक्ति विहीन हुँदै गएको बताउँदै मुख्यमन्त्री महराले श्रमको मूल्य बढाउन सकेमा नेपाली मात्र नभई विदेशी समेत आकर्षित हुनमा जोड दिए ।

त्यस्तै लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जनतामा आशा जगाउने गरी काम गर्ने बताउँदै जनतामा छाएको निराशालाई आशामा परिणत गर्ने बताउँदै लुम्बिनीको विकासका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

पूर्वराज्यमन्त्री सुशीला श्रीपाली, संघीय सांसद बिजुला रायमाझी, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, मालारानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराई, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर खड्काले विद्यालयको समग्र अवश्थाबारे चर्चा गरेका थिए । कार्यक्रममा विद्यालयका प्रअ मान बहादुर पाण्डेले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ‘६० वर्ष प्रवेशसँगै शान्ती माविले हीरक महोत्सव मनाएको बताएका थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?