ट्रेंडिंग:

>> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु

स्वर्ण महोत्सवमा प्रशिक्षण, स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम

२ बैशाख २०८१, आइतबार
२ बैशाख २०८१, आइतबार

बुटवल, २ वैशाख ।

यातायात मजदूर तथा ब्यवसायी भलाई कोषको स्वर्ण महोत्सव तथा ४६ औं वार्षिक साधारण सभाको अवसरमा आइतबार प्रशिक्षण, स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । कार्यालय परिसरमा बिहान स्वास्थ्य जाँच, बृहत् रक्तदान तथा दिउँसो चालक तथा यातायात मजदूरहरुलाई दुर्घटना न्युनीकरण सम्बन्धी प्रशिक्षण दिइएको हो ।

प्रशिक्षण कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले ट्राफिक नियम सम्बन्धी, नेको इन्स्योरेन्स प्रदेश प्रमुख रमेश थापाले दुर्घटना बिमाका बारेमा तथा लुम्बिनी प्रदेशका पुर्व न्यायाधीवक्ता खुमाकान्त पौडेलले दुर्घटनापछिको कानुनी प्रवन्धका बारेमा प्रशिक्षण दिएका थिए ।

यातायात मजदुर तथा ब्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलले स्वर्ण महोत्सवलाई मजदुर, ब्यवसायीहरुको हकहितसंगै सामाजिक उत्तरदायित्वका कार्यक्रम गरी मनाएको बताए । कतिपय कानुनका नया प्रावधानको विषयमा अनभिज्ञ रहेका ब्यवसायीहरुलाई सहयोग हुने गरी कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा यातायात र कानुनका विषयमा अधिवक्ता खुमाकान्त पौडेलले सवारी दर्ता प्रमाणपत्र नवीकरण, दुर्घटना बिमा, क्षतिपूर्ति, सजायका पाटोका विषयमा सहजीकरण गरेका थिए । अनुसन्धानको पाटो नै मुख्य हुने भन्दै उनले यसको आधारका रुपमा मेडिकल रिपोर्टलाई बनाईने उनले बताए । मुलुकी देवानी संहिताले संरक्षक नियुक्त गर्ने ब्यवस्था गरेको छ । जस अनुसार स्थानीय सरकारबाट प्रमाणित गरेको खण्डमा त्यो संरक्षकले बिमाको क्लेम वा सम्पत्ति प्रति हकदाबी गर्न पाउने ब्यवस्था छ । नेपालमा क्षतिपूर्ति पाउने ब्यक्ति नहुने तर क्षतिपूर्ति भराउन निर्देशन दिने जस्ता दोहोरो अर्थ लगाउने कानुनको कारण समस्या उत्पन्न हुने उनले बताए । ‘कानुनलाई सबैले मान्नुपर्छ’—उनले भने । मजदुर र ब्यवसायीहरुलाई लक्षित गरी एक दिने प्रशिक्षण कार्यक्रम गरिएको हो ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रक्तदान कार्यक्रमको उदघाटन गर्दै बुटवलका संघसंस्थाहरु आफ्नो ब्यावसायिक हकहितसंगै सामाजिक उत्तरदायित्वमा सधै अग्रसर रहेको बताए ।

कार्यक्रममा महासचिव योगबहादुर गुरुङले संस्थाको गरिमालाई सधै उचो राख्ने गरी रचनात्मक कार्यहरु गर्दै आएको बताउँदै मजदूर र ब्यवसायीको स्वास्थ्य, सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्न सफल भएको बताए । नेपाल रेडक्रस सोसाईटी, रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ९७ जनाले रक्तदान गरेको उनले बताए ।

यसैगरी चौराह हस्पिटल प्रालिको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा मधुमेह, रक्तचाप, मुटुको परीक्षण गरिएको छ । अस्पतालका डा. प्रदिप चापागाई, जनसम्पर्क तथा सूचना अधिकृत जनक कुँवर, सुदिप खत्री, संगिता घर्तीमगर, रिबिसा श्रेष्ठको टिमले १५० जनाको सामान्य परीक्षण, मधुमेहको ९० र ६० जनाको ईसिजी परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?