ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

गोर्खा ब्याईजलाई सातौ भूपूसैनिक कपको उपाधि

आवश्यकता र माग भन्दा पहुचको भरमा खेलकुद पुर्वाधार निर्माण गर्ने काम रोक्नुपर्ने एन्फाका केन्द्रिय उपाध्यक्ष केसीको सुझाव दिए ।
२ बैशाख २०८१, आईतवार
२ बैशाख २०८१, आईतवार

बुटवल, २ वैशाख। सातौं भूपू सैनिक कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि गोर्खा ब्वाईज स्पोर्टस क्लब बुटवलले चुमेको छ । शनिबार सम्पन्न फाइनलमा गोर्खा ब्वाईजले बिपी स्मृति भैरव फुटबल क्लब नवलपरासीलाई ३–१ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधि विजेता गोर्खा ब्वाईज नगद २ लाख एक हजार १ सय ११ रुपैयाँ सहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता भैरव भने १ लाख एक हजार १ सय ११ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा गोर्खा ब्वाईजका निशान राना उत्कृष्ट गोलरक्षक बने । उत्कृष्ट डिफेन्डर र मिडफिल्डर पनि गोर्खा ब्वाईज कै क्रमशः फ्लोरेन्ट कोआरा र उमेश थापा घोषित भए । उत्कृष्ट फरवार्ड भैरवका फोफना बन्दा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी गोर्खा ब्वाईज कै बिकास थापा घोषित भए । जवई खेलमैदानमा भएको फाईनलमा गोर्खा ब्वाईजका लागि बिकास थापा, आफिद ओलावाले र फोडे फोफोनाले गोल गरे । उता पराजित भैरवका लागि विदेशी खेलाडी फोफानाले सान्त्वना गोल गरे ।

नया वर्ष २०८१ को तथा भूपू सैनिक जबई स्पोर्ट्स क्लबको ४९ औ स्थापना दिवस कार्यक्रममा गरिएको प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी राना, अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार), सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापा, यातायात मजदुर तथा ब्यवासायिक भलाई कोषका महासचिव योग गुरुङ, आयोजक क्लबका अध्यक्ष गोपीराम पुन, क्लबका उपाध्यक्ष खेमनसिह रानाले पुरस्कार वितरण वितरण गरेका छन ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले नया वर्षलाई उत्सवको रुपमा मनाउने प्रचलन चलाएर क्लबबाट खेलकुद र संस्कार जगाउने काम गरेको बताए । स्थानिय सरकार खेलकुदको पुर्वाधारलाई भजाएर फाईदा लिनेमात्र काम गरेको उनले दुखेसो गरे । विद्यालयस्तरीय प्रतियोगितामा लाखौ रुपैया खर्च गर्ने पालिका आफ्नै नगरमा भएका पुर्वाधारको संरक्षणमा भने चासो नदिएको बताए । आवश्यकता र माग भन्दा पहुचको भरमा खेलकुद पुर्वाधार निर्माण गर्ने काम रोक्न जरुरी रहेको उनले बताए । वनको नाममा खेल पुर्वाधारमा छुट्टिएको बजेट वर्षौ सम्म रोकिनु दुखद भएको उनले बताए ।

कार्यक्रमको एक समारोहका बिच रुपन्देही जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानामगरले उद्घाटन गर्दै खेलकुद पुर्वाधारलाई तिव्रता दिन आवश्यक पहल गर्ने उनले प्रतिवद्घता जनाए ।

कार्यक्रममा क्लबका अध्यक्ष गोपिराम पुनले क्लबको आर्थिक प्रगति विवरण प्रस्तुत गर्दै खेल विकासमा क्लबको योगदान गर्दै आएको बताए । खेलमार्फत युवालाई एकतावद्घ गर्दै राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित विभिन्न खेलकुद गतिविधिसंगै सामाजिक कार्यक्रममा समेत काम गर्दै आएको उनले बताए । दौड, रक्तदान, सास्कृतिक कार्यक्रम लगायत गरि मनाएको छ । भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, बेलबासको आयोजनामा गत चैत २० गतेदेखि शुरु भएको प्रतियोगितामा रुपन्देही, पाल्पा र नवलपरासीका गरी कुल १२ टिमले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?