© २०२३
बुटवल, १ वैशाख । रुपन्देहीमा भलबारी स्केट पार्कको शनिबार शुभारम्भ भएको छ । स्केट पार्कप्रति बालबालिकाहरुको आकर्षकलाई मध्येनजर गरि पार्क खोलिएको हो ।
एक कार्यक्रमका बिच नेपाल ओलम्पिक कमिटिका सदस्य दीर्घ बहादुर केसी (कुमार) ले भलबारी स्केट पार्कको उद्घाटन गर्दै खेल पुर्वाधारमा रुपन्देही अगाडि रहेको बताए । स्केट खेल बालबालिकाहरुको शारीरिक र मानसिक बिकाससंगै सिकाई उपयोगी हुने उनले बताए । राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न स्केट पार्क मद्दत मिल्ने उनले बताए ।
कार्यक्रममा भलबारी स्केट पार्कका संचालक टंक भुषालले बालबालिकामा मोबाईल लत हटाउन खेल उपयोगी हुने बताए। निजि जग्गामा पुर्वाधार तयार गरेका छन। करीब ४ कठ्ठा क्षेत्रफलमध्ये ४० बाई ७२ फुटमा पार्क बनेको छ । पुर्वाधारमा ३० लाख खर्च भएको उनले बताए । भुईमा टायल वा ग्रेनाईड लगाएको हुन्छ । जहाँ बच्चाहरुले प्रशिक्षकबाट तालिम दिईने उनले बताए । बिएनसी कम्पनीको प्राविधिक सहयोगमा छैटौ स्केट पार्क भएको अध्यक्ष चन्द्रकान्त भट्टराईले बताए ।
कार्यक्रममा रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी लगायतले खेल विकासमा रुपन्देहीको अवस्थाबारे बोलेका थिए ।