ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

दीप बोर्डिङमा विविध कार्यक्रमसहित नतिजा प्रकाशन

१ बैशाख २०८१, शनिबार
१ बैशाख २०८१, शनिबार

बुटवल, ३० चैत ।

बुटवल–८ सुख्खानगर स्थित दीप बोर्डिङ हाई स्कुलको वार्षिक परीक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरण, सम्मान एवम् सांस्कृतिक कार्यक्रम शुक्रबार विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ ।

कार्यक्रमको उदघाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल अब शिक्षाको हब बनेको बताउँदै बुटवलमा राति ११ बजेदेखि बिहान ६ बजेसम्मबाहेक अन्य समयमा शिक्षा लिन चाहने विद्यार्थीले पढ्न पाउने वातावरण बनेको बताइन् । उनले उपमहानगरले सबै पक्षलाई छलफलमा बोलाई विद्यालयको शुल्क निर्धारण गरेको बताउँदै दीप बोर्डिङले सामुदायिक विद्यालयले गर्नुपर्ने काम गरेर शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताइन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा महाशाखाका उपनिर्देशक टीकाराम पन्थीले बुटवल क्षेत्र मात्र नभएर राष्ट्रको शैक्षिक उन्नयनमा दीपले पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा यस विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरे भने अभिभावक रमेश कुँवरले विद्यार्थीको सफलताका लागि विद्यालय र शिक्षकका साथमा अभिभावकले पनि विशेष निगरानी र चासो राख्नुपर्ने बताए ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले विद्यालयले व्यावहारिक शिक्षा र संस्कारयुक्त शिक्षालाई जोड दिंदै आएको बताए । कार्यक्रममा अभिभावक महासङ्घका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, धर्म सिर्जना टोल विकास समितिका अध्यक्ष पवित्रा ज्ञवाली, उपप्राचार्य सुरेन्द्रकुमार शाक्य, विद्यालय व्यवस्थापन समिति सदस्य वसन्तकुमार जोशी, लेखाप्रमुख रेखा श्रेष्ठलगायतले विद्यालयको शैक्षिक गतिविधिको प्रशंसा गरेका थिए । कार्यक्रममा उपप्राचार्य कलाधर अर्याल, शिक्षक पुरुषोत्तम पाण्डेय र विजय सापकोटाले विद्यालयको शैक्षिक क्रियाकलापमाथि प्रकाश पार्नुका साथै विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गरेका थिए ।

कार्यक्रममा वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल कक्षागत तथा तहगत एवम् कक्षा नर्सरीदेखि कक्षा १२ सम्म दीप बोर्डिङमा अध्ययन गर्ने विद्यार्थीहरूलाई अभिभावकसहित पुरस्कार र सम्मान प्रदान गरिएको थियो । त्यसैगरी शैक्षिक सत्रभरि पूर्ण उपस्थित हुने शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गरिएको थियो भने विद्यालयमा दीर्घसेवा गरी सेवानिवृत भएका शिक्षक र कर्मचारीलाई उपादानसहित दोसल्ला, कदरपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

यसका साथै माध्यमिक शिक्षा परीक्षा (एसइइ–२०७९) मा सर्वाधिक विद्यार्थी उत्तीर्ण गराउन सफल गणित विषय शिक्षक के.बी. खाम्चा, कम्प्युटर विषय शिक्षक एकराज गुरागाई र अङ्ग्रेजी विषयशिक्षक दीपकचन्द्र भुसाल तथा विद्यालयका गतिविधिमा विशेष योगदान पु¥याउने शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा दीप सांस्कृतिक परिवारका विद्यार्थी कलाकारहरूले मौलिक लघु नाटक, नृत्य, गीत, विद्यालय गीत, योग, बालगीत आदि प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?