© २०२३
बुटवल,३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले संविधानको धारा १८८ को उपधारा १ अनुसार विश्वासको मत माग भएकोमा पक्षमा सत्ता गठबन्धनका ५ दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जनाले मत दिएका छन् । ८६ सदस्यीय प्रदेश सभामा वहुमतका लागि ४४ मत चाहिन्छ । मुख्यमन्त्रीले राखेको प्रस्तावको विपक्षमा कांग्रेस र जनमत पार्टीको २८ मत परेको छ । आजको प्रदेश सभा वैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ जना र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका ३ जना सांसद तटस्थ रहे ।
महरालाई गत चैत २३ गते शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए, भने चैत २५ गते प्रदेश प्रमुख शेरचन समक्ष सपथ ग्रहण गरेका थिए । महरालाई गठबन्धन दल एमालेको २९, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन छ ।