ट्रेंडिंग:

>> दक्षिण कालिकामा कलशयात्रा, नवनिर्मित सिढीको उद्घाटन >> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव

गाउँपालिकाको अनुदानमा खेतबारी जोत्ने आधुनिक उपकरण

३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

सल्यान, ३० चैत ।

यान्त्रिकीकरण मार्फत कृषि पेशालाई सहज बनाउने उद्देश्य अनुरुप सल्यानको छत्रेश्वरी गाउँपालिकाले किसानहरुका लागि मिनि टिलर वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा गाउँपालिकाले समूह, फर्म र सहकारी मार्फत खेती गरिरहेका किसानहरुलाई मिनि टिलर वितरण गरेको हो । शुक्रबार गाउँपालिकामा मिनि टिलर हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले मिनी टिलर प्रयोग गर्ने विधि र प्राविधिक विषयमा जानकारी हुनुपर्ने बताए । खेतीमा सहजता संगै कम लागतमा धेरै उत्पादन लिनका लागि प्रविधिको उपयोग गर्नुपर्नेमा उनको जोड छ ।

आफुहरुलाई गाउँपालिकाले प्रोत्साहन गरेको भन्दै गेमी कृषक समूह छत्रेश्वरी–५ कि कोषाध्यक्ष निमा बुढाले खेतबारी जोत्ने मेसिन पाएपछि अब काम छिटो हुने विश्वास व्यक्त गरिन् । यस्तै छत्रेश्वरी कृषि सहकारी संस्थाका सहसचिव खड्ग बहादुर खड्काले आफ्नो सहकारीका सदस्यहरुले सामूहिक तरकारी खेती गर्न लागेको भन्दै अनुदानमा प्राप्त मिनि टिलरबाट फाइदा हुने बताए ।

परम्परागत तरिका भन्दा यान्त्रिक उपकरणले खेतबारी खनजोत गर्दा कम लागत पर्ने र सजिलो हुने भएपछि पछिल्लो समयमा कृषकको यसतर्फ आकर्षण बढ्दो छ । यस्ता कृषि उपकरणबाट खेती गर्दा लागत, समय र मेहनत कम लाग्ने भएकाले कृषक, कृषि समूह र सहकारीबाट यस प्रकारका उपकरणको माग बढिरहेको छत्रेश्वरी गाउँपालिकाका नायव प्राविधिक सहायक दिपक पुनले जनाए । गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत अनुदानको मिनि टिलर माग गर्दै ८० जनाले आवेदन दिएपनि १९ वटा उपकरण मात्रै वितरण गर्न सकिएको उनको भनाई छ । मिनि टिलर खरिदमा गाउँपालिकाले २५ हजार रुपैयाँ अनुदान दिएको थियो ।

प्रस्ताव आह्वान र माग संगलन गरेर जमिनको भुबनौट लगाएतका विषयमा अनुगमन गरेर यसअघि सो उपकरण खरीदका लागि अनुदान नपाएकालाई पहिलो प्राथमिकता दिइएको पुनले बताए । मिनि टिलर वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्री, गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत लगाएतको सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?