ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

नेशनल प्याथल्याब भयो आइएसओ प्रमाणीकरण (भिडियोसहित)

२९ चैत्र २०८०, बिहीबार
२९ चैत्र २०८०, बिहीबार

बुटवल, २९ चैत ।

नेशनल प्याथ ल्याब बुटवल र एनपीएल काठमाडौंका प्रयोगशाला एनएबीएल आइएसओ १५१८९ः २०१२ बाट प्रमाणीकरण भएका छन् ।

हालैमात्र भारत सरकारको प्रयोगशाला सर्टिफाइड बडी नेशनल एक्रिडिटेसन बोर्ड फर टेष्टिङ एण्ड क्यालिब्रेसन ल्याबरोटोरीज (एनएबीएल) बाट नेशनल प्याथ ल्याबले आफ्ना दुईवटा प्रयोगशालाहरु प्रमाणीकरण गराएको हो ।

एनएबीएलले आईएसओ १५१८९ः२०१२ को अनुसार मेडिकल प्रयोगशाला गुणस्तर र प्रतिष्पर्धा प्रमाणीकरण सेवा प्रदान गर्दछ ।

‘हामीले एक वर्षअघिबाट एक्रिडिटेसनको प्रक्रिया सुरु गरेका थियौं,’ एनपीएलका प्रबन्ध निर्देशक पवन जोशीले भने, ‘केही दिनअघि मात्रै हाम्रा दुवै प्रयोगशाला एक्रिडिटेसन प्रमाणीकरण भएका छन् । हामीलाई यो प्रमाणीकरण गर्न एक वर्षभन्दा बढी समय लाग्यो ।’

एक्रिडिटेसन प्रयोगशालाले गर्ने जाँचको गुणस्तर प्रमाणीकरण हो । ‘एक्रिडिटेसन भनेको यो ल्याबको सबै प्रक्रियाहरु ठीक छ र यसले गर्ने सबै परीक्षणहरु गुणस्तरीय छन् भन्ने सुनिश्चितता हो,’ उनले भने, ‘यो गुणस्तरीय रिपोर्टको प्रमाणीकरण हो ।’ उनका अनुसार अब गुणस्तरका लागि ढुक्क भएर सेवाग्राहीले एनपीएलमा परीक्षण गराउन सक्नेछन् । साथै, अब यस ल्याबमा गरिएका परीक्षणहरु अन्तर्राष्ट्रियस्तरमै स्वीकार्य हुनेछन् ।

यससँगै नेपालकै ठूलो प्रयोगशाला चेन रहेको एनपीएल दुईवटा प्रयोगशालाहरु एक्रिडिटेसन गर्ने पहिलो भएको छ । ‘अहिले दुई वटा प्रयोगशाला एन।ए।बी।एल। एक्रिडिटेसन भएको नेपालमा हामी मात्रै हो,’ उनले भने ।

साथै अध्यक्ष रुद्र बहादुर कार्कीका अनुसार एनपीएलले काठमाडौं ल्याबमा हेमाटोलोजी, बायोकेमेष्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, क्लिनिकल प्याथोलोजी, इम्युनो हिस्टो प्याथोलोजी विभागलाई एक्रिडिटेसन गराएको छ । जसमा झण्डै १ सय १६ वटा टेष्टहरु एक्रिडिटेसन गराइएको उनले बताए ।

एनपीएलको बुटवल ल्याबमा ५६ वटा टेष्टहरु एक्रिडिटेसन गरिएको छ भने त्यहाँ हेमाटोलोजी, क्लिनिकल प्याथोलोजी, बायोकेमेष्ट्री, बायोकेमेष्ट्री र इम्युनोलोजी विभागलाई एक्रिडिटेसन गरिएको उनले जानकारी दिए ।

वि.सं. २०६९ सालमा बुटवलबाट सुरु भएको एन।पी।एल।का अहिले देशभर ९ वटा शाखाहरु छन् । जसमध्ये एनपीएल काठमाडौं र एनपीएल बुटवल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘ए’ ग्रेडको मान्यता प्राप्त प्रयोगशाला हुन् । एनपीएलले काठमाडौंमा ७ सय बढी र बुटवलमा ४ सय बढी इनहाउस परीक्षणहरु गर्दै आएको छ । स्याम्पल परीक्षण, कर्मचारीका हिसाबल पनि नेशनल प्याथ ल्याब नेपालकै ठूलो ल्याबमा पर्छ ।

‘नेपालमा नै धेरै ल्याब र हस्पिटलहरुले नगर्ने जाँचहरु हामीले गर्दै आएका छौं,’ जोशीले थपे, ‘निकट भविष्यमै नेपालमै जेनेटिक परीक्षण, न्युवर्न स्क्रीनिङ, साइटोजेनिटिक्स तथा फिस प्रविधि स्थापना गरी परीक्षणका लागि तयारी अगाडि बढाएका छौं ।’ एनपीएलले फ्लोसाइट्रोमेट्री प्रविधिबाट ब्लड क्यान्सर सम्बन्धी जाँचहरु, इम्युनोहिस्ट्रोकेमेष्ट्री प्रविधिबाट अन्य क्यान्सर सम्बन्धी जाँचहरु, पिसिआर प्रविधिबाट इन्फेसीयस डिजिज सम्बन्धी जाँचहरु, इम्युनो फ्लोरेसेन्स र मल्टीप्लेक्स पीसीआर प्रविधीबाट अन्य जाँचहरु गर्दै आएको छ । यस्तै, रेस्पेरेटरी प्यानल, ग्यास्ट्रोइन्टेस्टाइनल प्यानल, मेनेन्जाइटिसरइन्सेफ्लाइटिस प्यानललगायतका जाँचहरु पनि नेशनल प्याथ ल्याबमा उपलब्ध छन् ।

साथै प्रबन्ध निर्देशक जोशीका अनुसार आगामी दिनमा यस प्रयोगशालाका अन्य शाखाहरु पनि एनएबीएल (आइएसओ १५१८९ः२०१२) प्रमाणीकरण गर्ने योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?