© २०२३
बुटवल ।
कलेजोको अवस्था बारेमा पत्ता लगाउने विश्वसनिय जाँच कलेजोको बायोप्सी सेवा बुटवलमा पहिलो पटक ६० बर्षकी महिलाको जाँच गरिएको छ ।
कलेजोको बायोस्पी जाँचबाट बिरामीको कलेजोको अवस्था, क्यान्सर लगायत अन्य समस्या भए नभएको बारेमा यसबाट पत्ता लगाउन सकिन्छ । साथै फाइब्रोस्क्यान पछि समस्या ग्रस्त कलेजोको रोगी बिरामीको अवस्थाको बिस्तृत जाँच गर्नको लागि यसभन्दा पहिले यस क्षेत्रका बिरामीलाई राजधानी लगायतका ठाउंमा जानुपर्ने बाध्यता हटेको छ ।
योजाँच ग्यास्ट्रो सेन्टर बुटवलका विशेषज्ञ डा. बिष्णु पौडेल, डा. सुदिप थापा, तथा पेट, कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डा. मोहन भुसाल , डा. सबिर कुमार श्रेष्ठ टिमले गर्न सफल भएको छ । यो सुबिधा संगै ग्यास्ट्रो सेन्टर बुटवलमा पेट कलेजो आन्द्रा तथा प्यान्क्रियाज सम्बन्धि सम्पुर्ण रोगको जाँच गरिने डा. मोहन भुसालले बताए ।