© २०२३
बुटवल ।
नेपाली नयाँ वर्षको उपलक्ष्यमा चर्चित पप गायिका रचना दाहाल र सिक्किमका पप गायक सल्लुम लामाले बुटवलमा प्रस्तुती दिने भएका छन् । बुटवलको प्लान बी क्लबमा यी दुई चर्चित कलाकारको कन्सर्टसहित नयाँ वर्ष २०८१ लाई स्वागत गरिने भएको हो ।
इभेन्ट बटौली र निर्विकल्पको संयुक्त आयोजनामा चैत ३० गते बुटवल कालिकानगरमा अवस्थित प्लान बी मा हुने कन्सर्टका लागि अनलाइन टिक विक्री सुरु भैसकेको छ । इभेन्ट बटौलीका अध्यक्ष मनिस लामाका अनुसार भारत सिक्किमका पप गायक सल्लुमको नेपालमै प्रहिलो प्रस्तुती बुटवलमा दिने भएका हुन् ।
नेपाल भ्रमणमा आउने उनले बुटवलपछि नारायणगढ, पोखरा तथा काठमाडौं लगायतका शहरमा समेत प्रस्तुती दिने छन् । नयाँ वर्षलाई स्वागत गर्ने दिनमै बुटवलका दर्शक श्रोताले उनको प्रस्तुती हेर्न पाउनु खुसीको कुरा भएको बुटवल इभेन्टका अध्यक्ष लामाले बताए । इभेन्टमा गायक सल्लुमलाई साथ दिन गितारिष्टहरु अशोक रसाइली, साइमन प्रधान, ड्रममा नपकुमार प्रधान, गितारिसस्ट स्मोकेट लेप्चा लगायतको उपस्थिति रहने छ ।
यसैगरी नेपाली युवामाझ लोकप्रिय रचना दाहाले समेत एकै मञ्चमा एकैरात प्रस्तुती दिने हुँदा दर्शकका लागि महत्वपूर्ण अवसर हुने निर्विकल्पका अध्यक्ष पुरुषोत्तम केसीले बताए । युवाहरु माझ विभिन्न इभेन्ट गर्दै आएको निर्विकल्पले गतवर्षको नयाँ वर्षमा काठमाडौंको एलओडीमा साँगेतिक आयोजना गरेको थियो भने यस वर्ष बुटवललाई रोजेको केसीले बताए । गायिका रचनालाई साथ दिन गितारिष्ट विजय कपाली, गिरिश श्रेष्ठ, बेस गितारिष्ट सनिस महर्जन, ड्रममा किरन शाही, साउण्डमा युकेश तथा डिलभको सहभागिता रहने अध्यक्ष केसीले बताए । विभिन्न समयमा युवाहरुमाझ इभेन्ट आयोजना गर्दै आएका दुई आयोजक कम्पनी बीचको समन्वयले यस वर्षको नयाँ वर्ष थप रमाइलो बन्ने आयोजको दाबी छ । पत्रकार सम्मेलनमा सुजन थकाली, अर्जुन गुरुङ्ग, प्लानबीका सञ्चालन जीवकान्त काफ्ले, लगायतले बोलेका थिए ।
न्यु इयर इभका लागि अनलाइन टिकट बुकिङ शुल्क १ हजार तथा डोर बुकिङका लागि १ हजार ५ सय रहेको आयोजकले जनाएको छ । अनलाइन बुकिङका लागि टिकट सञ्जाल तथा खल्तीबाट एप्लाई गर्न सकिने आयोजकले जानकारी दिएको छ ।