ट्रेंडिंग:

>> गणतन्त्र दिवस तीन दिन मनाइने, बालेन गएनन् बैठकमा >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरि ‘हेर्न नभ्याइने’ मा >> गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा, सिफारिस समिति अझै बस्न सकेन >> लुम्बिनीका मुख्यमन्त्री र राप्ती गाउँपालिका अध्यक्षबीच सार्वजनिक कार्यक्रममै बाझाबाझ  >> कोहलपुरमा अत्याधुनिक शवदाह गृह निर्माण पछि सफल परीक्षण >> बाबु छोरालाई एकैसाथ कैद सजाय >> एकै पटक १२ लाखको खसी बोका बिक्री >> लुम्बिनीका सांसद विष्णु पन्थीले भने–झुटो मुद्दा र मानहानी विरुद्ध कानुनी लडाईंमा जान्छु >> रुपौलिया महिला सहकारीमा बचतकर्ताको १ करोड ६० लाख बढी रकम झ्वाम >> कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदीप खड्का >> यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार >> प्रधानमन्त्रीले युरोपियन युनियनका राजदूतहरूलाई भने, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ >> ठगिनेहरुको सहारा बन्दै आप्रवासी स्रोत केन्द्र >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको सुनवाई प्रधानन्यायाधीशसहितको इजलासमा >> नेपाल महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा >> डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन >> सुनको मुल्य बढदा चाँदीको मुल्य स्थिर >> विश्वकप एसिया छनोटमा नेपाललाई युएईले दियो ११५ रनको लक्ष्य >> गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु >> आज साँझ मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्तिको सम्भावना >> दुई महिना यता इजरायलद्वारा गाजामा भिषण युद्ध, १५१ को मृत्यु >> इन्जिनमा समस्या देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण >> लुम्बिनी प्रदेश सरकारले आज ल्याउँदै नीति तथा कार्यक्रम >> महिला टी–२० विश्वकप छनोटमा आज नेपाल र यूएई खेल्दै >> विपन्न परिवारले पाए नयाँ घर >> छानबिन उपसमिति संयोजकमा खाँण >> गभर्नर नियुक्तिमा अलमल >> कहाँ पुग्यो मल कारखाना खोल्ने योजना ? >> गुल्मीदरबारमा थपिए तीन सूचक >> ‘कानूनलाई’ छल्न अंशबण्डा >> आस्थालाई ‘उद्यमको’ आश >> जुवाको खालबाट नगद सहित ९ जना पक्राउ >> ७५ वर्षीय जेष्ठ नागरिकले गरे नातिनीमाथि बलात्कार >> बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : यी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना >> चलचित्र पत्रकार संघ बाँकेद्वारा सुवेदी र गिरी सम्मानित >> नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा >> तिलोत्तमा होम्समा घरधनीलाई लालपूर्जा हस्तान्तरण >> लुम्बिनी प्रदेश सरकारको आर्थिक अनुशासनमा गम्भीर प्रश्नः बेरुजु साढे चार अर्ब नाघ्यो >> कर्णालीमा बेरुजु रकम घट्दै, चार निकायको बेरुजु शून्य >> वृहत स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न >> थोराङ्ग पास क्षेत्र सफा गर्दै सैनिक उच्चशिखर शिक्षालय कैसाड्गले मनायो ५० औं वार्षिकोत्सव >> फार्मेसीलाई औषधी ब्यवसायीको सम्मान >> देवीनगर क्रिकेट प्रिमियर लिगमा जेके वारियर्सको जित >> न्यू होराईजन विजयी शुरुवात >> प्रधानमन्त्रीद्वारा एसियाली टेनिस बिजेतालाई बधाई >> नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका दुई वटा विधेयक संसदीय समितिमा >> सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, ५ बर्ष जेल जालान त ? >> चार जनालाई ११ महिना कैद >> जनजाति भएकै कारण उपसभामुखलाई हटाउन खोजिँदैछ : सांसद सिंह >> सहकारी ठगीमा रकम फिर्ता गरे जेलमुक्ति सम्भव हुनुपर्ने सांसद आचार्यको प्रस्ताव

भारतका ब्रेन मास्टर सुधिरलाई उपाधि

२८ चैत्र २०८०, बुधबार
२८ चैत्र २०८०, बुधबार

बुटवल, २८ चैत । कर्णेल उजिर सिंह थापाको स्मृतिमा अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता भारतीय १९६८ रेटेड खेलाडी सुधिर कुमार सिन्हाले हात पारेका छन । प्रतियोगितामा सिन्हाले पुरा खेल अपराजित रहँदै ८ अंक जोड्दै उपाधिसहित नगद २ लाख १ हजार रुपैया, ट्रफिसमेत प्राप्त गरेका छन् । प्रतियोगिताको अन्तिम समयसम्म पहिलो स्थान ओगटिरहेका रुपेश जैसवाल ८ अंकमै रहेर अपराजित रहँदै उपविजेता बन्दै नगद १ लाख १० हजारमा चित्त बुझाए । प्रतियोगिता लिग आधारमा ९ चरणको भएको थियो ।

डाइरेक्ट इन्काउण्टर, प्रोग्रेसिभका आधारमा खेलाइएको प्रतिस्पर्धामा रुपेशले आफ्नै नेपाली खेलाडीहरुको नतिजावाट प्रभावित हुनुपरेको संयोजक माधव प्रसाद प्रधानले बताए । सुधिरसंग दोश्रो वोर्डमा खेलिरहेका कृष्ण थापाले बराबरी खेले मात्र पनि रुपेशले उपाधि जित्ने पक्कापक्की थियो । उक्त खेलमा कृष्ण थापाले कालो गोटीवाट सिसिलियन डिफेन्स क्लोज भारियसनवाट सुधिरलाई जवाफ दिएका थिए । दशौं चालमा अनुभवी कृष्णको पाउन आइसोलेट हुन पुगे । २९ औं चालमा दुई पाउन डाउन भए पनि एण्टी बिसपका कारण खेल अनिवार्य बराबरमा देखिन्थ्यो । तर ३३ औं चालमा आएर कृष्णले जानी अञ्जानी आर सि सेभेन चाल्न पुगे जसको तुरुन्त फाइदा लिदै सुधिरले बिसप डि फाइभ चाल्दै रुक एक्सचेञ्ज लिन सफल भए र कृष्णले पराजित आत्मसाथ गरे ।

उता तेस्रो वोर्ड सजिन महर्जन र सुरज महर्जन बिच घमासान चलिरहेको थियो । सजिनले जिते रुपेशको पहलो हुने आश थियो । सेतो गोटिवाट इफो डि सिक्स, डिफो नाइट एफ सिक्स, नाइट सि सिक्स सिसिक्स खेल प्रारम्भ भएको थियो । सजिनले २१ औं चालमा प्रोटेक्सनमा रहेको इफो पाउन इफाइभमा सित्तै बलिदान दिए र बराबरी नै देखिने खेलको २३ औं चालमा परित्याग गरे । उनी आफु जिते तेश्रो हुने थियो । तर भाग्यमानी सुरज महर्जन एकल ७.५ अंक जोडेर तेश्रो स्थानमा उभिदै नगद रु. ६० हजार हात पार्न सफल बने ।

प्रतियोगितामा नेपालका तिर्थ बिकले चौथो स्थान हासिल गरि रु. ४० हजार र भारतका रिशव निशादले पाँचौ स्थान रु. ३० हजार पुरस्कार जितेका छन् । छैटौं देखि दशौं स्थानसम्मका राघव श्रीवास्तव, कृष्ण थापा, सजिन महर्जन, प्रखर त्रिपाठी र विपुल शुभमषी प्रत्येकले २०/२० हजार प्राप्त गरेका छन् ।

त्यसैगरी एघारौंदेखि पन्ध्रौंसम्मका वृष्टि मुखर्जी, मिथिलेष श्रीवास्तव, आशिष फूँयाल, विनायक र पुरुषोत्तम चौलागाईं प्रत्येकले १५/१५ हजार नगद प्राप्त गरेका छन् । एवं सोह्रदेखि बिसौ स्थानमा एम.डि.जमाल उद्दिन, आशुतोष, दिलिप त्रिपाठी, रोशन कुमार र संजय काफ्ले प्रत्येकले १३/१३ हजार नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

एक कार्यक्रमका बिच बुटवल उप महानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले ७१ जना खेलाडीहरुलाई जम्मा १० लाख १ हजार नगद पुरस्कारवाट सम्मान गरेका छन् । कार्यक्रमका संयोजक माधवप्रसाद प्रधानले अन्तर्राष्ट्रिय आर्विटर सहित सिनियर राष्ट्रिय आर्विटरहरुलाई सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?