© २०२३
बुटवल,२७ चैत । रुपन्देही विद्युतीय व्यवसायी संघको सातौं अधिवेशन अन्तर्गत महासचिव र सचिव पदमा चुनाव सम्पन्न भएसंगै संघको नयां कार्यसमितिले पूर्णता पाएको छ । अधिवेशनबाट अन्य पदमा सर्वसम्मत भएपनि महासचिव र सचिव पदमा सहमति हुन नसकेपछि मंगलबार चुनाव भएको थियो ।
जस अनुसार महासचिवमा विष्णु भण्डारी र सचिवमा रमा थापा क्षेत्री निर्वाचित भएका छन् । महासचिवमा भण्डारीले १४५ मत प्राप्त गरेर विजयी हुंदा प्रतिष्पर्धी जनेश पन्थीले ७३ मत प्राप्त गरेर पराजित भए । महासचिवमा २३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । यस्तै सचिवमा रमा थापा क्षेत्रीले १२७ मत पाएर निर्वाचित हुंदा बसन्तदेव पौडेलले ९४ मत पाएर पराजित भए ।
यसअघि नै संघको अध्यक्षमा शान्ताराज खराल,वरिष्ठ उपाध्यक्षमा केशवकुमार सिंह सुजित,प्रथम उपाध्यक्षमा सुर्य कुंवर,द्वितीय उपाध्यक्षमा भिमलाल अधिकारी,कोषाध्यक्षमा अनिलसुधन कुंवर,सहकोषाध्यक्षमा टिकाराम गौतम तथा कार्यसमिति सदस्यहरुमा गणेश पन्त,रामप्रसाद गैरे, गौरव जयसवाल,चिरन्जिवि गैरे, उपेन्द्रप्रसाद अधिकारी,विष्णुप्रसाद पाण्डे र जीवनप्रसाद पौडेल सर्वसम्मत निर्वाचित भएका थिए ।