© २०२३
बुटवल, २६ चैत । रुपन्देहीमा सम्पन्न दोस्रो रुपन्देही जिल्लास्तरिय पावर लिफ्टिङ प्रतियोगितामा बिक्रम थापा र अन्जना थकाली च्याम्पियन भएका छन । प्रदेश खेलकुद परिषद लुम्बिनी र बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही जिल्ला पावर लिफ्टिङ संघको आयोजनामा भएको प्र्रतियोगितामा पुरुषतर्फ ७४ केजी तौल समुहको विजेता बन्दै बिक्रम थापाले कुल ५३४ केजी तौल उठाउदै ओभरअल टाईटल जित्न सफल भएका हुन । यसैगरि महिलातर्फ ६३ केजी तौल समुहको विजेता बन्दै अन्जनाले कुल २७१ केजी तौल उठाउदै उपाधि जितिन । उपाधिसंगै दुबैले नगद १५/१५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।
यसैगरि पुरुषतर्फ ५९ केजी तौल समुहमा मल्टीफिटनेश सेन्टरका रोशन श्रेष्ठ प्रथम, देवदह जिमका रिवाज खरेल दोस्रो तथा रोयल आईरन जिमका विष्णु सिह तेस्रो भए । ६६ केजी तौल समुहमा देवदह जिमका दिपक श्रेष्ठ प्रथम, मेक्सिमस स्ट्रेन्थका अर्पन श्रेष्ठ दोस्रो तथा फिटनेश टाईमका अशोक राना तेस्रो भए । ७४ केजी तौल समुहमा छहारी क्लबका बिक्रम थापा प्रथम, मेक्सिमस स्ट्रेन्थका दिपेश बोहरा दोस्रो तथा डाईनेस्टि फिटनेशका अनुकृत गुरुङ तेस्रो भए ।
८३ केजी तौलमा मेक्सिमस स्ट्रेन्थका विज्ञान श्रीष प्रथम, मेक्सिमस स्ट्रेन्थकै किरन थापा दोस्रो तथा रोयल आईरन जिमका सुमन सापकोटा तेस्रो भए । ८३ केजीभन्दा माथि तौल समुहमा मेक्सिमस स्ट्रेन्थका अनमोल बहादुर शाक्य प्रथम, डाईनेस्टि फिटनेशका आदित्य श्रेष्ठ दोस्रो तथा डाईनेसिष्टकै सुयम थापा तेस्रो भए ।
महिलातर्फ ६३ केजी तौलमा फिजिकल फिटनेश एण्ड ब्युटिकी अन्जना थकाली प्रथम, फिटनेश टाईमकी शर्मिला गुप्ता दोस्रो तथा मक्सिमस स्ट्रेन्थका प्रगती श्रेष्ठ तेस्रो भए । ६३ केजीभन्दा माथि तौल समुहमा मक्सिमस स्ट्रेन्थकी निधिका नेपाल प्रथम, निर्बोध एरोबिककी धनकला कार्की दोस्रो तथा रोयल आईरन जिमकी सिमाना राना तेस्रो भईन ।
एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका संयोजक बोनिन पिया, पावर लिफिटङ संघका केन्द्रिय अध्यक्ष सुन्दर भुषाल, वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपानेलगायतले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । पावर लिफ्टिङ खेल र खेलाडीको विकासका निरन्तर कार्यक्रम गर्दै आएको संघका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए । संघका सचिव सरोजसिह (सन्जिव) ले प्रतियोगितामा रुपन्देही जिल्लाका करीब ८० बढी खेलाडीहरुले भाग लिएको बताए ।